माओवादीबाट मुख्यमन्त्रीका दाबेदार इन्द्र आङ्बो विजयी
नेपाल प्रेस
२०७९ मंसिर ८ गते ७:५६
विराटनगर । पाँचथर निर्वाचन क्षेत्र १ (२) बाट माओवादीका इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । उनले एमालेका अइन्द्रसुन्दर नेम्वाङलाई पराजित गरे ।
प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गरिरहेका उनले १५६७२ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अइन्द्र सुन्दरले १२६०५ मत ल्याए । आङ्बोले मुख्यमन्त्री बन्ने भन्दै मागेका थिए ।
अहिले उनी प्रदेश १ सरकारका आर्थीक मामिला तथा योजना मन्त्री छन् । प्रदेश १ को पहिलो सरकारमा अर्थमन्त्री बनेका उनी पछि गठबन्धन सरकारमा पनि पुन: अर्थमन्त्री बनेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर