सोलुखुम्बुमा एमालेको सरप्राइज, बलबहादुरमाथि मानवीरको ऐतिहासिक विजय – Nepal Press

सोलुखुम्बुमा एमालेको सरप्राइज, बलबहादुरमाथि मानवीरको ऐतिहासिक विजय

काठमाडौं । नेकपा एमालेले सोलुखुम्बुमा इतिहास रचेको छ । आजसम्मका निर्वाचनमा कहिल्यै प्रतिनिधि सभा नजितेको एमालेले सत्ता गठबन्धनका प्रभावशाली उम्मेदवार कांग्रेस नेता बलबहादुर केसीलाई पराजित गरेको छ ।

स्थानीय तहको मत अनुसार आधाभन्दा कम रहेको एमालेले सोलुखुम्बुमा सरप्राइज दिएको हो । नेकपा एमालेका केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज मानवीर राई बलबहादुर केसीलाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

मानवीरले १९३२४ पाउँदा बलबहादुर केसी १६५४५ मा रोकिए । दुईबीचको मतान्तर २७७९ छ ।

२०४८ देखि लगातार सबै चुनाव लडेका केसीको यो तेस्रो हार हो । यसपटक केसी पराजित हुने कल्पना कसैले गरेका थिएनन् । माओवादीले मापदण्ड अनुसार पाएको सीट केसीका लागि छाडेको थियो ।

तर, जिल्लामा बसेर जनताको काम गरेका र इमानदार छवी बनाएका मानवीर राईले नतिजा उल्ट्याएर इतिहास रचेका छन् । प्रदेशसभामा भने एमाले र माओवादीले एक-एक सीट जितेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर