समानुपातिकमा एमाले र कांग्रेसले कटाए ५ लाख, तेस्रोमा रास्वपा – Nepal Press

समानुपातिकमा एमाले र कांग्रेसले कटाए ५ लाख, तेस्रोमा रास्वपा

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले र नेपाली कांग्रेसले ५ लाख मत कटाएका छन् । निर्वाचन आयोगको पछिल्लो नतिजाअनुसार समानुपातिकतर्फ एमाले पहिलो स्थानमा छ । अहिलेसम्म एमालेले ५ लाख ४३ हजार ६७६ मतका साथ अग्रता लिएको छ । कांग्रेस ५ लाख ६ हजार ९५३ मतसहित दोस्रोमा छ ।

तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ८० हजार ५०६ मत पाएको छ । नेकपा माओवादी केन्द्र २ लाख ५० हजार ६६३ मतसहित चौथो स्थानमा रहेको छ ।

अहिलेसम्म माओवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ४९ हजार ७७५ मतसहित पाँचौं स्थानमा छ । जनता समाजवादी पार्टी ६३ हजार ४८९ मतसहित छैटौं र नेपाल मजदुर किसान पार्टी ५१ हजार ९७ मतसहित सातौं स्थानमा छ ।

नागरिक उन्मुक्ति पार्टी ३७ हजार ७१० मतसहित आठौं स्थानमा छ । सीके राउत नेतृत्वको जनमत पार्टी ३६ हजार ५७ मतसहित नवौं स्थानमा छ ।

सुरुमा १०औं स्थानबाट नवौं नम्बरमा उक्लिएको नेकपा एकीकृत समाजवादी फेरि १० औं नम्बरमा झरेको छ । उसले अहिलेसम्म ३५ हजार २९६ मत प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर