कैलाली ५ (२)मा कांग्रेसका देउवा विजयी – Nepal Press

कैलाली ५ (२)मा कांग्रेसका देउवा विजयी

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । नेकपा एमालेका दुर्गा जोशीलाई ३ हजार २४० मतले पछि पार्दै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा विजयी भएका हुन् ।

देउवाले नौ हजार ५९१ मतसहित विजयी हुँदा जोशीले छ हजार ३५१ मत प्राप्त गरेका थिए । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा ९२० मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् ।

नेकपा एमालेका दुर्गा जोशीलाई ३ हजार २४० मतले पछि पार्दै सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा विजयी भएका हुन् । देउवाले नौ हजार ५९१ मतसहित विजयी हुँदा जोशीले छ हजार ३५१ मत प्राप्त गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत ल्याउदै तेस्रो स्थान हासिल गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले तीन हजार ४२२ र काङ्ग्रेसबाट बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले तीन हजार १८२ मत प्राप्त गरेका छन् ।

प्रदेश सभामा विजयी देउवा प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव थिए । उनी प्रधानमन्त्री देउवाका भतिजा पनि हुन् ।

अघिल्लो पटक पनि यस प्रदेश सभा क्षेत्रबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका थिए । पन्त अहिले प्रतिनिधि सभाका उम्मेदवार छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका पन्त र नेकपा एमालेका नारद मुनी राना बिच प्रतिस्पर्धा भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर