सुनसरी ३ मा भगवती निरन्तर अगाडि, गच्छदारको कति ?
नेपाल प्रेस
२०७९ मंसिर १२ गते ७:३७
विराटनगर । सुनसरी ३ मा एमाले उम्मेदवार भगवती चौधरीले निरन्तर लिड गरिरहेकी छन् ।
२८ हजार मत गन्न बाँकी हुँदा चौधरी ४३०७ मतले अगाडि छन् । उनले २७९७१ मत प्राप्त गर्दा निकतम प्रतिस्पर्धी कांग्रेसका विजयकुमार गच्छदारले २३६६४ मत पाएका छन् ।
अहिलेसम्म यहाँ ६४५२७ गणना भएको छ ।
अब सुनसरीको गढी गाँउपालिकाका ४ वटा वडा र बर्जु गाँउपालिकाको मत गन्न बाँकी छ । सुनसरी ३ मा ९२५३५ मत खसेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर