विश्वकपः अग्रता जोगाउन नसक्दा क्यामरुनसँग बराबरीमा रोकियो सर्विया
काठमाडौं । अग्रता जोगाउन नसक्दा सर्विया कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘जी’ मा क्यामरुनसँग ३–३ गोलको बराबरीमा रोकिएको छ ।
अल जानोउब रंगशालामा सम्पन्न रोमाञ्चक खेलको २९औं मिनेटमा जिन कार्लेसले गोल गर्दै क्यामरुनलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा स्ट्राहिन्जा पाब्लोभिकले बराबरी गोल फर्काएका थिए । त्यसको एक मिनेट नबित्दै सर्जेज मिलिनकोभिकले गोल गर्दै सर्वियालाई २–१ को अग्रता दिलाए ।
खेलको ५३औं मिनेटमा एकेक्सानेडर मिट्रोभिकले सर्वियाका लागि तेस्रो गोल गरे ।
दुई गोलले पछि परेपछि केहि आक्रामक शैलीमा प्रस्तुत भएको क्यामरुनका लागि खेलको ६३औं मिनेटमा भिन्सेन्ट एबोउबाकरले दोस्रो गोल गरे । त्यसको तीन मिनेट नबितेदै इरिक माक्सिम चोउप माटिङले क्यामरुनका लागि उत्कृष्ट बराबरी गोल फर्काए ।
रोमाञ्चक बराबरीसँगै क्यामरुन र सर्वियाले ले समूह ‘जी’ मा एक÷एक अंक जोडेका छन् । पहिलो खेलमा क्यामरुन स्विट्जरल्यान्डसँग १–० गोलको नतिजामा हारेको थियो । सर्विया ब्राजिलसँग २–० गोलको नतिजमा पराजित भएको थियो ।