सुनसरी ४ को गणना एक बजेबाट
नेपाल प्रेस
२०७९ मंसिर १३ गते १२:१२
विराटनगर । शनिबारबाट रोकिएको सुनसरी ४ को मतगणना दिउँसो १ बजेबाट सुरू हुने भएको छ ।
बिहानको सर्वदलीय बैठकपछि विवाद भएको दिनको सीसी टिभी फुटेज हेरिएको थियो । फुटेज हेरेपछि एक बजेबाट गणना सुचारु गर्ने सहमति भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
सुनसरी क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले मतगणनामा धाँधली भएको भन्दै पुन: गणनाको माग गरेपछि शनिबार साँझबाट गणना रोकिएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर