सडकमा सुकुमबासी : वार्ता र सहमतिबाट निकास खोज्न आग्रह (तस्बिरहरू) – Nepal Press

सडकमा सुकुमबासी : वार्ता र सहमतिबाट निकास खोज्न आग्रह (तस्बिरहरू)

काठमाडौं । सहमति र सहकार्यबाट सुकुमबासी व्यवस्थापनको निकास खोज्न माग गर्दै काठमाडौंमा सुकुमबासीले प्रदर्शन गरेका छन् । वागमतीलगायत काठमाडौंमा विभिन्न ठाउँमा बसोबास गर्दै आएका सुकुमबासीले विभिन्न ठाउँबाट दबाब र्‍यालीसहित बानेश्वरमा धर्ना दिए ।

प्रदर्शनकारीले भूमिसम्बन्धी कानून, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार, उठीबासको त्रास अन्त्य गर्न माग गरेका छन् ।

संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको आव्हानमा प्रदर्शन गरिएको हो । भूमीहिन, सुकुमबासीमाथि दमनकारी शैलीले आफूहरूमा त्रास फैलिएको उनीहरूको भनाइ छ ।
गत भदौ ९ मा काठमाडौं महानगरका मेयर बालेन्द्र साह र राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाको रोहबरमा भएका सम्झौता अनुसार सुकुमबासी व्यवस्थापनमा आशाको दियो बलेकोमा मंसिर १२ गते एक्कासी महानगरपालिकाको डोजर र नगर प्रहरी समेतको टोली सुकुम्बासी उठिबास गर्न बस्ती प्रवेश गरेको मोर्चाले आयोजना गरेको विज्ञप्तिमा उल्लेख छ ।

सुकुमबासी व्यवस्थापनको सवालमा आपसी समझदारी, वार्ता र छलफलको माध्यमबाट सदाका लागि समाधान खोज्न अनुरोध गरिएको छ ।

यस्तो छ संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको विज्ञप्ति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर