साना किसानले २६ प्रतिशत बोनस शेयर दिने
नेपाल प्रेस
२०७९ मंसिर २० गते १३:०४
काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर दिने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट उक्त बोनस शेयर दिने घोषणा गरेको हो ।
त्यस्तै कर तिर्न १.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बोनस शेयर नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण हुनेछ ।
संस्थाले अघिल्लो वर्ष भने २५ प्रतिशत बोनस शेयर र १.३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर