धनगढीमा १५ बुँदे माग राख्दै प्रधानमन्त्री देउवालाई १५ किलोको माला
नेपाल प्रेस
२०७९ मंसिर २२ गते १५:४५
कैलाली । सुदूरपश्चिम प्रदेश महोत्सवको उद्घाटन गर्न धनगढी पुगेका प्रधानमन्त्री शेर बहादुर देउवालाई १५ किलोको माला लगाइएको छ ।
सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्ने धनगढी पुगेका देउवालाई आयोजक कैलाली उद्योग वाणिज्य संघले १५ किलोको माला लगाएको हो । देउवालाई १५ बुँदे मागसहित १५ किलोको माला लगाइएको जनाइएको छ ।
यस अघि २१ किलोको माला र २१ बुदे माग राख्दै आएका थिए । पूरा भएका मागहरु घटाएर माग र मालाको तौल घटाइएको हो ।
प्रतिक्रिया