छालाजन्य रोगको उपचारका लागि मिराकल स्किन हेयर एन्ड एस्थेटिक क्लिनिक सञ्चालनमा
काठमाडौं । छालाजन्य रोगको उपचारमा केन्द्रित रहने गरी चाबहिल चुच्चेपाटीस्थित दाम्पा कम्प्लेक्समा मिराकल स्किन हेयर एन्ड एस्थेटिक क्लिनिक सञ्चालनमा आएको छ।
अन्तर्राष्ट्रियस्तरको दाबी गरिएको यो क्लिनिकको बिहीबार कलाकार दिपाश्री निरौला, आकाश श्रेष्ठ, बेनिशा हमालले उद्घाटन गरे।
क्लिनिकले कपाल प्रत्यारोपण, चाया, पोतो, डन्डिफोर, कोठी, मुसा, एलर्जी, चाउरी पर्ने, नङ सम्बन्धी सम्पूर्ण रोग, कपाल सम्बन्धी सम्पूर्ण रोग, दाद, कालो पोतो मोटोपन घटाउने र लेजर सेवा तथा सम्पूर्ण छाला यौन सम्बन्धी रोगहरूको सेवा दिने क्लिनिक अध्यक्ष सागर भुसालले जानकारी दिए।
आर्थिक अवस्था कमजोर भएका सेवाग्राहीलाई विशेष छुट दिइने बताइएको छ। क्लिनिकमा उपचार तथा परामर्शका लागि डा. मोहन भुसाल, डा. एलिसा भट्टराई र डा. सन्देश मास्के रहेका छन्।