नेशनल मनिट्रान्सफरको लाइसेन्स खारेज हुने – Nepal Press

नेशनल मनिट्रान्सफरको लाइसेन्स खारेज हुने

काठमाडौं । रेमिट्यान्स कारोबार गर्ने कम्पनी नेशनल मनि ट्रान्सफरको लाइसेन्स रद्द हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार एक सूचनामार्फत कालिमाटीस्थित नेशनल मनि ट्रान्सफरले विप्रेषणसम्बन्धी कारोबार गर्दै आएको र सो कम्पनीले आफ्नो इजाजत पत्र रद्द गर्न केन्द्रीय बैंकमा निवेदन दिएकाले लाइसेन्स रद्द गर्न लागिएको जनाएको हो ।

यदि सो कम्पनीसँग कुनै व्यक्तिको विदेशी मुद्रा कारोबारको रकम बाँकी भए नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागमा लिखित आवेदन ३५ दिनभित्र दिन केन्द्रीय बैंकले सूचना जारी गरेको हो । कुनै लेनदेनको रकम बाँकी भएको आवेदन तोकिएको समयमा नआए सो कम्पनीको बैंक ग्यारेन्टी फुकुवा गरिने विदेशी विनिमय विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *