एकनाथलाई सांसद बनाएकोमा भीम रावलको आपत्ति
काठमाडौं । नेकपा एमाले नेता भीम रावलले परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई समानुपातिकबाट सांसद बनाएकोमा आपत्ति जनाएका छन् ।
एमालेले ढकाललाई समानुपातिकबाट सांसदमा सिफारिस गरेको छ । विवादास्पद युनिफिकेशन चर्चसँग आवद्ध होली वाइन भनी चर्चित नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई एमालेले समानुपातिकबाट प्रतिनिधि सभाको सदस्य बनाएको भन्दै रावलले आपत्ति जनाएका हुन् ।
ढकाललाई सांसदमा सिफारिस गरेपछि एमालेभित्रै विरोध भइरहेको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा भीम रावलकाे टिप्पणी यस्ताे छ:
जापान सरकारकाे समेत छानबिनमा परेकाे हाेली वाइनकाे झोली भर्ने तरिका pic.twitter.com/b9RH1Z3XvK
— Bhim Rawal, PhD (@BhimRawal179) December 11, 2022
छानविन गर्ने हो भने तिम्रो सम्बन्ध र सँग भेटिन्छ । पार्टीको दुई पैसाको काम नगर्ने खालि विरोध गर्ने रावललाई पनि निकालिदिए हुन्छ । काम छैन यिनको एमालेलाई । यस्ता हजारौ रावल एमालेमा छन् । कसैको लागि दलाली गर्न एमालेमा यिनले गर्ने भनेको विरोध मात्रै हो । जे भनेर पनि विरोध मात्रै गरेर जसरी पनि एमालेलाई कमजोर मात्र बनाउन हिडेका विदेशी दलाललाई एमालेबाट तुरून्त निकाल ।