अध्यादेशको विरोधमा धनराज गुरुङले भने : कांग्रेस विधिको शासनमा उभिनुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पनि सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा उत्रिएका छन् ।
टिकापुर घटनाका दोषि रेशम चौधरीलगायतलाई रिहा गर्न अध्यादेशको विरोधमा उत्रिएका हुन् । उनले अध्यादेश मार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अध्यादेशमार्फत गम्भीर प्रकृतिका विषयहरुको सन्दर्भमा निर्णय लिनु अनुपयुक्त हुन्छ । प्रजातन्त्र भनेकै विधिको शासन हो । विधिको शासनको पक्षमा कांग्रेस सधैं उभिनु पर्छ ।’
प्रजातन्त्र भनेकै विधिको शासन भएकाले कांग्रेस सधैं विधिको शासनको उभिनु पर्ने बताए । प्रधानमन्त्री देउवाले अध्यादेश ल्याएपछि उपसभापति गुरुङसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, युवा नेता प्रदीप पौडेल लगायतले विरोध जनाइसकेका छन् ।
दोग्लागफ होइन सरकार जोसुकैको होस राष्ट्रिय महत्त्व को बाहेक ल्याएको अध्यादेश राष्ट्रपतिले पास गर्नुपर्छ पासफेल सम्बन्धित ल्याउने सरकारको कुरा हो ।