कामचलाउ सरकार दण्डहीनता संस्थागत गर्न र जसरी पनि बहुमतको खेलमा लाग्यो : पीपीएलए
नेपाल प्रेस
२०७९ मंसिर २७ गते १८:३०
काठमाडौं । प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पीपीएलए)ले सरकार दण्डहीनता संस्थागत गर्न लागेको आरोप लगाएको छ ।
दण्डहीनतालाई संरक्षण गर्दै नयाँ सरकार गठनका लागि बहुमत पुर्याउने खेल सरकारले खेलेको आरोप पीपीएलएले लगाएको हो ।
जनताको प्रतिनिधिमूलक संस्थालाई छलेर सत्ता टिकाउनकै लागि गलत बाटोबाट अध्यादेश ल्याउने निर्णयको पनि भर्त्सना गरेको छ ।
अपराधलाई बढवा दिने गरी अध्यादेश ल्याउनु विधिको शासनको पूर्ण बर्खिलाप हुने उल्लेख गर्दै पीपीएलएले यसले विश्वसामु लज्जित हुनुपरेको बताएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर