जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई माइती नेपालको साथ – Nepal Press

जाजरकोट जीप दुर्घटनामा अभिभावक गुमाएका बालबालिकालाई माइती नेपालको साथ

काठमाडौं । सोमबार जाजरकोटमा भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकालाई माइती नेपालले पढाउने भएको छ ।

जाजरकोट (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित राजीवविक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो ।

१६ वर्षमुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सीपमुलक तालिम एवं प्राविधिक शिक्षाको लागि माइती नेपाल सहयोग गर्न सहमत भएको उनले बताए । उनले माइती नेपालप्रति आभार व्यक्त गरेका छन् ।

माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको पठनपाठनको जिम्मा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन् ।

स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई सहयोग गर्ने शाहको भनाइ छ ।

सोमबार जाजरकोटको छेडागाड नगरपालिका-४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीनजनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *