बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चल बस्नेतले दिए स्पष्टीकरण – Nepal Press

बालेनलाई नमस्कार नफर्काएको विषयमा निश्चल बस्नेतले दिए स्पष्टीकरण

काठमाडौं । टिकटकमा भाइरल भइरहेको आफ्नो भिडियोलाई लिएर अभिनेता तथा निर्देशक निश्चल बस्नेतले स्पष्टीकरण दिएका छन्।

काठमाडौंका नगरप्रमुख बालेन शाहले नमस्कार गर्दा नमस्कार नफर्काएको एक भिडियो टिकटकमा भाइरल भए लगत्तै गालीको बर्सात हुन थालेपछि उनले स्पष्टीकरण दिएका हुन् ।

भाइरल भइरहेको उक्त भिडियो बालेन नगरप्रमुख हुनु अघिको भएको बस्नेतको भनाई छ ।

टिकटक भिडिओका आधारमा आफूलाई जथाभाबी गालीगलौज आउन थालेपछि उनले स्पष्टीकरण लेख्न बाध्य भएको बताएका छन् ।

उनले कसैको चरित्र हत्या गर्नु कति सजिलो भएको छ है आजकल भन्दै कुनै पनि कुराको वास्तविकता बुझ्न आग्रह गरेका छन् ।

उनले लेखेका छन्,

कसैको चरित्र हत्या गर्न कति सजिलो भएको रै’छ आजकल। भिडियो क्लिप निकाल्यो, आफूलाई मन लागेको टेक्स्ट लेख्यो अनि सुरु हुन्छ खेला । गाली गलौच गर्नलाई औँला चिलाइहल्छ। ‘खाते काले, चुतिया , इज्जत गर्न नसक्ने , खै के *जी , तेरो फिल्म बहिष्कार गर्नु पर्छ, यस्ता पनि कलाकार रे। ’ यस्तै अनेकौँ। अझ कडा शब्दहरू। बालेनले गरेको नमस्कार मैले नफर्काएर बेवास्ता गरेँ भन्दै टिकटकमा एउटा भिडियो भाइरल हुँदै रहेछ । साथीभाइले र आफन्तले पनि प्रश्न गर्न थाले के गरेको तैँले भन्दै । त्यही भएर लेख्दै छु ।

बालेनलाई नगरप्रमुख बनाउने अभियान चलिरहेको बेलाको कथा हो त्यो। ‘चिसो एस्ट्रे’ को प्रिमियरको समय । ७,८ महिना अगाडिको भिडियो हो त्यो । बालेन र मेरो भेट अगाडि नै भएर सँगसँगै थियौँ। अरू चिनजान भएका साथीहरू आउँदा उनले अरूलाई, मैले अरूलाई अभिवादन गरिरहेका थियौँ। कथा सकियो ।

हाम्रो मेयरज्यू लाई मैले सम्मान गरिन रे । त्यही भएर म सबै प्रकारका घृणित म्यासेजहरूको हकदार छु हैन त ? सत्य के हो मतलब भएन। गाली गर्न पाएपछि पछि हट्नु हुन्न है । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर