आफ्नै अग्रजबाट नसिक्ने देउवाबाटै कांग्रेस जोगाउन युवाको हस्तक्षेप अपरिहार्य
कांग्रेसको आजको नेतृत्वले बीपी, सुर्वण र किशुनजीबाट सिक्ने नजिर
सत्ता निर्माणका निम्ति सुविधाजनक बहुमत पुर्याउने उद्देश्यले ल्याइएको ‘अध्यादेश’ प्रकरणले पुनः एक पटक प्रधानमन्त्री शेरबहादुर देउवा नकारात्मक हिसाबले चर्चामा छन् । सभापति देउवाको ‘विवादास्पद छवि’ बिर्सेर २०७१ को तेह्रौं महाधिवेशनयता देउवालाई दोस्रो पटक पनि पार्टी कार्यकर्ताले ‘सभापति’ बनाइ नै रहे ! तर, पार्टी सभापति तथा प्रधानमन्त्री रहेका देउवाले ‘आफ्नो शासकीय दुर्वलता’को भने हेक्का कहिल्यै राखेनन् । न आफ्ना राजनीतिक गुरु गिरिजाप्रसाद कोइरालाले २०५६ मा चालेको कदमबाट नै कुनै शिक्षा लिए । नेपाली राजनीतिका अग्ला व्यक्तित्व बीपी कोइरालाले समेत सुवर्ण शमशेरलाई प्रधानमन्त्रीमा सिफारिस गरेका थिए ।
२०१४ सालमा विराटनगरमा कांग्रेसको ‘विशेष महाधिवेशन’ हुँदा सभापतिमा बीपी चयन भए । २००७ सालको क्रान्तिको कार्यभार पूरा नभएको बताएर तत्कालीन राजाको समेत ‘मुड’ बुझेर बीपीले सुवर्ण शमशेरलाई प्रधानमन्त्रीमा सिफारिस गरे । सुवर्ण नेतृत्वको सरकारकै पालामा ‘नेपालको संविधान २०१५’ जारी भयो । सुवर्णले सरकार र बीपीले पार्टीको नेतृत्व गरे । बीपी सभापति भएकै समयमा भएको आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ सीट हासिल गर्यो भने नेपाली कांग्रेसले नै नेपालको इतिहासमा ‘पहिलो जननिर्वाचित सरकार’ समेत गठन गर्यो । यसरी हेर्दा उक्त कालखण्डमा २००७ सालको क्रान्तिको कार्यभारसँगै पार्टीको उद्देश्य प्राप्ति गर्ने लक्ष्य नजिक नेपाली कांग्रेस पुगेको देखिन्छ ।
समयक्रमले इतिहासमा सम्मानित नेता बन्ने सुवर्ण अवसर यतिवेला शेरबहादुर देउवालाई प्राप्त भएको छ । सत्ताका लागि पार्टीसमेत ‘तोडफोड’ गरेकोमात्र नभई हालै सम्पन्न निर्वाचनमा जनताबीच भयानक अलोकप्रिय अनुहारलाई समानुपातिक सूचीमा राखेर संसद भवन प्रवेशको मार्ग प्रशस्त गरेकोसम्मका ‘दाग’हरु देउवाका खातामा जम्मा भई नै रहे । त्यही दागहरुको सूचीको पछिल्लो खण्डमा ‘टीकापुर नरसंहार’का दोषीलाई उन्मुक्ति दिनेगरी ल्याइएको ‘अध्यादेश’ प्रकरणले देउवाको अनुहार नै नचिनिने गरी ‘धब्बा’ लाग्न पुगेको छ ।
२००७ सालको क्रान्तिको कार्यभार पूरा नभएको बताएर तत्कालीन राजाको समेत ‘मुड’ बुझेर बीपीले सुवर्ण शमशेरलाई प्रधानमन्त्रीमा सिफारिस गरे । सुवर्ण नेतृत्वको सरकारकै पालामा ‘नेपालको संविधान २०१५’ जारी भयो । सुवर्णले सरकार र बीपीले पार्टीको नेतृत्व गरे ।
नेपालको इतिहासमा सर्वाधिक अवसर पाएर पनि ‘विवादास्पद काम तथा विवादास्पद छवि’ कै कारण कांग्रेसकै इतिहासमा सबैभन्दा निराशाजनक पार्टी सभापतिमा ‘देउवा’कै इतिहास लेखिने दिन टाढा छैन । तसर्थ पनि यतिवेला देउवाले संसदीय दलको नेताको प्रतिस्पर्धा छाडेर युवा नेताहरु गगनकुमार थापा-एनपी साउद आदिका बीच सुन्दर प्रतिस्पर्धा गराएर भावी प्रधानमन्त्रीका रुपमा अगाडि सार्दा नै देउवाको ‘हाइट’ उच्च हुनेछ । अन्यथा ‘ज्योतिषी’कै सहारा लिएर प्राविधिक रुपमा नेता भई नै रहने चाहना राख्दा समयले देउवालाई मात्र नभई सिंगो कांग्रेसलाई नै ‘साइड’ लगाइदिने परिस्थिति निर्माण हुन सक्दछ ।
बीपी, किशुनजी, गिरिजाप्रसाद आदिले हिजो ‘वैकल्पिक नेतृत्व’का लागि आफू पद छाड्न तयार भएको नजिरको समेत ‘हेक्का’ राख्दै देउवाले यतिवेला सोही बाटो समाए भने देउवाकै उत्तराधिकारीका लागि पनि कांग्रेस कार्यकर्ता ‘उदार’ बन्न सक्छन् । कार्यकर्ता कति उदार छन् भन्ने दृष्टान्त खोज्न उनै देउवा उदाहरण छन्- जसले सत्ताको लागि जे पनि जायज ठानेर पार्टीसम्म पनि फुटाए । आखिर कार्यकर्ताले त्यो सबै कुरालाई विस्मृतिमा राखेर ती नै देउवालाई तेह्रौं र चौधौं महाधिवेशनमा पार्टी सभापति नै बनाए । त्यतिमात्र नभई आज देउवाले लिने उदार बाटोको ‘राजनीतिक बेनिफिट’ हजार कमिकमजोरीका बावजुद भोलि आरजुले पनि लिन सक्छिन् ।
इतिहासमा ‘घण्टी’को उदय त्यत्तिकै भएको होइन । मूलधारका कांग्रेस, एमाले, माओवादी जस्ता राजनीतिक दलले ‘गर्न बाँकी केही राखेनन्’ ! र, उनीहरुको शासकीय असफलता छोपिने ठाउँ पनि बाँकी रहेन । यस्तो वेला चतुर राजनीतिज्ञले ‘स्वच्छ छवि तथा ऊर्जावान’ व्यक्तिलाई अगाडि सारेर आफ्नो असफलता ढाकछोपको भगीरथ प्रयत्नसमेत गर्ने गर्दछ, जुन हिजो भावी प्रम भन्दै गिरिजाप्रसादले किशुनजीलाई अगाडि सारे ! आज त्यो सन्देश दिएर आफ्नो तथा पार्टीको ‘साख’ उठाउने मुख्य ठाउँमा देउवा छन् । देउवा र देउवालाई ‘कुलायन’ ठानेर भोज खान पल्किएकाले यतिवेला एक कदम आफूहरु पछाडि सरेर देउवाको हकमा ‘स्वर्णिम इतिहास’ लेखनमा लाग्छन् या यो अवसर जीवनकै अन्तिम भन्दै सत्ताको खेतीमा आफूलाई समर्पित गर्छन् ? त्यसका निम्ति केही साता पर्खनै पर्ने देखिएको छ ।
बीपी, किशुनजी, गिरिजाप्रसाद आदिले हिजो ‘वैकल्पिक नेतृत्व’का लागि आफू पद छाड्न तयार भएको नजिरको समेत ‘हेक्का’ राख्दै देउवाले यतिवेला सोही बाटो समाए भने देउवाकै उत्तराधिकारीका लागि पनि कांग्रेस कार्यकर्ता ‘उदार’ बन्न सक्छन् ।
उता आफ्नोबारे अनुमान लगाउन अरुको सहारा लिन जरुरी छैन, आफ्ना र आफ्ना शासनबारे ‘पब्लिक’ले के भनिरहेका छन् भन्ने हेक्का कम्तिमा देउवासँग पनि होला । अगाडि पछाडि ‘साइरन’ जडित सवारीसाधन बेगर अडिनै नसक्ने हो भने कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा आफूलाई ‘सिफ्ट’ गर्ने उपयुक्त समय पनि हो यो । इतिहासमा गिरिजाप्रसाद कोइरालालगायत पूर्वपार्टी सभापति तथा प्रधानमन्त्रीहरुले नपाएको मौका आज देउवासम्मुख छ ।
राजनीतिक व्यवस्था परिर्वतनको लडाइँ सकिएकाले यतिवेला नेपाली जनताले आफ्नो ‘अवस्था’ परिवर्तनको चाहना राखेका छन् । तर, जनताको परिवर्तनको चाहना भनेको ‘हेलिकोप्टर चढेर आउनेलाई मात्र भोट देऊ’ भन्नेहरुबाट पुरा हुने छनक देखिँदैन । समयको ‘वेग’ नै बुझ्न नसक्ने ‘हेलिकोप्टरवाला’ नै आजका मितिमा समृद्धिका बाधक हुन् । यसको हेक्का दिलाइदिने समेत ‘देउवा कम्प्लेक्स’ भित्र कोही भएन ! ‘हिटर तापेर’ शक्तिको भजन गाउन तयार मात्रलाई प्रवेश दिइने उक्त कम्प्लेक्सका सदस्यहरु जनताबाट त कुरै छाडौं, आफ्नै पार्टीका कार्यकर्ताबाट समेत अनुमोदन हुन सकेनन् ! तर, आज तिनै बहिष्कृतहरु बसेर भागबन्डा गर्दैछन्- सरकार र संसदमा प्रवेश गर्नेहरुको नामावलीउपर ! योभन्दा ‘विद्रुप’ चित्र बाँकी के होला ?
देउवा कम्प्लेक्सका यी पात्रका कारण भोलि लोकतन्त्रमै संकट आएका वेला यी पात्रहरु त ठोरीको बाटो विदेशिने पक्का छ । त्यतिवेला दुःख भने देशैभरका कार्यकर्ताहरुले पाउने हुन् । नेपालकै इतिहासमा पुस १ लाई जननिर्वाचित सरकार भंग गरेर राजा महेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको कालो दिनको रुपमा पनि लिने भएकाले आजका दिनमा उक्त कालोदिनको स्मरण गर्दै कांग्रेस सचेत हुने दिन पनि हो । कांग्रेस शासित शासनको सँगै संगठन सञ्चालनको विधि र पद्धतिको ‘विहंगम’ समीक्षाका निम्ति पनि सरकार गठनलगत्तै कांग्रेसले ‘पार्टी र राष्ट्रको जीवनमा आइपरेका विषयको गम्भीर समीक्षासहित ठोस निर्णय लिन पार्टीको महासमिति बैठक’ यथाशीघ्र डाक्नुपर्दछ । र, उक्त बैठकमा कांग्रेस कहाँ-कहाँ र किन चुक्यो भन्ने कुराको गम्भीर समीक्षा जरुरी छ ।
‘हिटर तापेर’ शक्तिको भजन गाउन तयार मात्रलाई प्रवेश दिइने उक्त कम्प्लेक्सका सदस्यहरु जनताबाट त कुरै छाडौं, आफ्नै पार्टीका कार्यकर्ताबाट समेत अनुमोदन हुन सकेनन् ! तर, आज तिनै बहिष्कृतहरु बसेर भागबन्डा गर्दैछन्- सरकार र संसदमा प्रवेश गर्नेहरुको नामावलीउपर ! योभन्दा ‘विद्रुप’ चित्र बाँकी के होला ?
इतिहासमा कही पनि अलोकप्रिय नेतृत्वले आफ्नो कार्यकाल रुपी ‘त्यान्द्रो’ समाएर पदमा बसी राख्दैन । कांग्रेस नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेर पुनः पाँच वर्ष मुलुक सञ्चालनको ‘स्थीर सरकार र समृद्धिको म्याण्डेट’ लिन जनताको बीच गएको थियो । जनताले गठबन्धनलाई सुविधाजनक बहुमत दिएन । यो कांग्रेस नेतृत्वको परीक्षा पनि थियो । प्राविधिक रुपमा गठबन्धन गर्दाको ठूलो फाइदा नेकपा एस र माओवादी केन्द्रले लिए । राजनीतिलाई अस्थिर बनाइराख्ने शक्ति नै आज राष्ट्रपति, सभामुख र प्रधानमन्त्री चयन गर्ने निर्णायक शक्तिको रुपमा देखापरे !
उता मतदाताको शालिन विद्रोहस्वरुप वैचारिक लाइन नै ‘क्लियर’ नभएको राष्ट्रिय स्वतन्त्र पार्टीदेखि दक्षिणपन्थी धारको प्रतिनिधित्व गर्ने राप्रपासमेतको अस्वाभाविक उदय भयो । राष्ट्रिय स्वतन्त्र पार्टीले लिने वैचारिक लाइनसँगै राजनीतिक आँधीहुरीमा उक्त पार्टी भोलिका मितिमा कति ‘सतीशाल’ भएर उभिएला हेर्न बाँकी नै छ । उक्त दलका नेतामा आजको झैं उत्साह कायम रहला वा पाँच वर्षमा उक्त दल पनि ‘विवेकशील साझा’ बन्ला, त्यसका निम्ति पर्खनै पर्ने हुन्छ । दक्षिणपन्थी राप्रपाका बारे ‘जगजाहेरै’ छ ।
यति नै वेला राजनीतिक रुपमा कांग्रेस र सिंगो राष्ट्रका हितका खातिर पनि भोलिको नेपालको नेतृत्व कांग्रेस बाहिर नजाओस् भन्न पनि ‘युवाहरुका बीचमा प्रतिस्पर्धा गराएर’ नेतृत्व सुम्पन आजको कांग्रेस नेतृत्व तयार हुनै पर्दछ । अन्यथा पाँच पटक प्रधानमन्त्री हुँदा मुलुकका निम्ति के-के काम गरियो ? काम गर्न अधुरो के रह्यो ? ती अधुरा काम सम्पन्न गर्ने स्रोत र भिजन के छ ? यी र यस्ता विषय वस्तुको जवाफ आम नेपाली जनताले खोजी रहेका छन् । केवल भूमिगत केन्द्रहरु खडा गरेर देउवा कम्प्लेक्सको ‘बैंक व्यालेन्स’ थप्दै जाने तर, नेपालीको समृद्धिको सपना भने ‘ज्यूँका त्यूँ’ रहने स्थिति लामो समय जानै सक्दैन । कांग्रेसका प्रौढ नेतृत्वले भन्दा पनि कांग्रेसमा आफ्नो र कांग्रेसमार्फत सिंगो देशको भविष्य देख्ने ‘युवा नेता’ले आजका मितिमा सोच्ने विषय यही हो ।
शीर्षस्थ नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिमात्र नभई एमाले पार्टी पंक्तिका केपी शर्मा ओली, ईश्वर पोखरेल, शंकर पोखरेलसँगै माओवादी नेताहरु पुष्पकमल दाहालदेखि कृष्णबहादुर महरासम्मले आ-आफ्नो कालखण्डमा इतिहासमै ‘दर्ज’ हुने गरी गर्नुभएको राम्रो कामको इतिहासले अवश्य मूल्यांकन गर्नेछ ।
राजनीतिक जीवनको उत्तरार्द्धमा देशले मेरो नेतृत्व खोजेको छ भन्ने कतिपय नेताको ‘हास्यास्पद’ भनाइ सार्वजनिक भएसँगै देश दुनियाँ हाँसेका छन् । शीर्षस्थ नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेल, डा. शेखर कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिमात्र नभई एमाले पार्टी पंक्तिका केपी शर्मा ओली, ईश्वर पोखरेल, शंकर पोखरेलसँगै माओवादी नेताहरु पुष्पकमल दाहालदेखि कृष्णबहादुर महरासम्मले आ-आफ्नो कालखण्डमा इतिहासमै ‘दर्ज’ हुने गरी गर्नुभएको राम्रो कामको इतिहासले अवश्य मूल्यांकन गर्नेछ ।
अब कम्तिमा उहाँहरुले ‘छोरा र नाति’ पुस्तालाई राजनीतिक मैदान खाली गरिदिएर ‘मेस्सी’ बनाउने मेसोमा लाग्नु हुँदा नै जीवनको उत्तरार्द्धमा इतिहासले उहाँहरुको उच्च मूल्यांकनसहित सम्मान गर्ने हो । यति कुरा विदेशी नेताबाट नसिके पनि ‘बीपीले आफ्नो नीतिको असफलताबाट पाठ सिक्दै कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिएबाट त सिक्नुस् ! त्यसैबाट इतिहासमा तपाईंहरुको नाम स्वर्णिम अक्षरले लेखिने हो । अन्यथा पार्टीलाई ‘प्रजापरिषद्’ बनाएर आफैं चाँहि ‘युगीन नेतृत्व दिनसक्ने युवालाई छेक्ने पात्र’कै रुपमा रुपान्तरण गर्न चाहनुहुन्छ भने तपाईंहरुको ‘सोच र संस्कार’लाई रामराम सिवाय केही भन्न सकिन्न ।