भ्रष्टाचारविरोधी अभियान हेम–सरिता फाउण्डेसनको अन्तर्राष्ट्रिय समिति अध्यक्षमा जेनी पाठक चयन – Nepal Press

भ्रष्टाचारविरोधी अभियान हेम–सरिता फाउण्डेसनको अन्तर्राष्ट्रिय समिति अध्यक्षमा जेनी पाठक चयन

काठमाडौं । सुशासनको पक्षमा तथा भ्रष्टाचार विरुद्ध सचेनामुलक गतिविधि गर्दै आएको ‘हेम–सरिता पाठक फाउन्डेसन’को साधारणसभाले जेनी पाठकको अध्यक्षतामा अन्तर्राष्ट्रिय समिति पुनर्गठन गरेको छ ।

काठमाडौंस्थित थाहा पुस्तकालयमा सम्पन्न साधारणसभाले फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको अध्यक्षमा जेनी पाठक, उपाध्यक्षहरुमा,बोनस खनाल,मिनुर श्रेष्ठ, हिमनाथ ओली र सोनी पाठकलाई चयन गरेको छ ।

समितिको महासचिवमा अमेरिका निवासी पत्रकार सूर्य थापा, कोषाध्यक्षमा बिष्णु भेटवाल चयन भएको फाउण्डेसनले जनाएको छ । यसैगरी फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिको सदस्यहरुमा क्रमशः दिनेश शर्मा, बिन्दा सिटौला (अस्ट्रेलिया), आयाम पौडेल (अस्ट्रेलिया) र राधेश्याम लेकाली (नेपाल) चयन भएका छन् । अमेरिकामा बसोबास गर्दै आएका भ्रष्टाचार विरोधी अभियन्ता हेम पाठकको अगुगाईमा फाउण्डेन गठन भएको थियो ।

“हेम–सरिता पाठक फाउन्डेसन नेपाल शाखाको अध्यक्षमा राधेश्याम जयन भएका छन् भने कार्यसमितिको सदस्यहरुमा श्रीमान कार्की, हितमान तामाङ, दिपक राई,सुवास उप्रेती, तुरुप संग्रौला, सुमन पौडेल, कमला पाठक, दिवस रिजाल, सुमन पौडेल, प्रकाश भेटवालको चयन भएको फाण्डेसनले जनाएको छ ।

साधारण सभामा फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक, संरक्षक सरिता पाठक, प्रमुख सल्लाहकार प्रेमराजा महतलगायत तीर्थ कोइराला, शिव गाउले,मात्रिका पौडेल लगायतको उपस्थिति थियो ।

फाउन्डेसनको अन्तर्राष्ट्रिय समितिका सल्लाहकारहरुमा क्रमशः डा। तुलसी दाहाल (अमेरिका), डा. नविन दाहाल (अमेरिका), डा. राजन रिजाल (अमेरिका), डा. सोनी थापा (क्यानडा), डा. सुशील जोशी (अमेरिका), मदन पाठक (अमेरिका) र प्रेम श्रेष्ठ (अमेरिका) रहेका छन् भने अभिव्यक्ति दूतमा किरण केसी र शिवहरि पौडेल रहेका छन् ।

यसैगरी फाउन्डेसनको नेपाल शाखाको सल्लाहकारहरुमा क्रमशः तीर्थ कोइराला, रामप्रसाद सिटौला, गोकर्ण विष्ट, विज्ञानराज शर्मा, रमेश खरेल, तपबहादुर थापा मगर, जिवेन्द्र सिम्खडा, रविन्द्र मिश्र, हरिबहादुर थापा, शिव गाउले, कृष्ण कडेल, नारायण रायमाझी, डा। भोला रिजाल, वी। वी। अनुरागी, जीवन शर्मा, डा। भीष्म भूषाल र देवेन्द्र सिटौला छन् ।

फाउण्डेशनले सुशासनको पक्षमा लेख्ने र बोल्ने श्रष्टा सर्जक तथा पत्रकारहरुलाई पुरस्कृत गर्दै आएको छ भने विभिन्न ग्रामिण भेगमा शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *