राप्रपा अध्यक्ष लिङ्देन र चिनियाँ कार्यबाहक राजदूत वाङबीच भेटवार्ता
नेपाल प्रेस
२०७९ पुष ३ गते १७:५०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि चीनका कार्यबाहक राजदूत वाङ सिनबीच भेटवार्ता भएको छ ।
अध्यक्ष लिङ्देनलाई भेट्न कार्यबाहक राजदूत वाङ शनिबार दिउँसो राप्रपाको पार्टी कार्यालय पुगेका थिए ।
भेटका क्रममा वाङले अध्यक्ष लिङ्देनलाई प्रतिनिधिसभा निर्वाचनमा जीत हासिल गरेकोमा बधाई दिएको राप्रपाका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । यसका साथै उनीहरूबीच समसामयिक विषयमा कुरा भएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर