कांग्रेसमा भारी मतले गगन पराजित, देउवा संसदीय दलको नेता निर्वाचित (भिडिओ) – Nepal Press

कांग्रेसमा भारी मतले गगन पराजित, देउवा संसदीय दलको नेता निर्वाचित (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतान्तरका साथ पार्टीको संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

आज भएको संसदीय दल निर्वाचनमा उनले गगन थापालाई ३९ भोटले पछि पारे । निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेका अनुसार देउवाले ६४ भोट ल्याउँदा गगनले २५ भोट प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर