नेपाल नगरपालिका संघको अध्यक्षमा ढुंगाना सर्वसम्मत
हेटौँडा । नेपाल नगरपालिका संघको अध्यक्षमा धादिङको निलकण्ठ नगरपालिकाका मेयर भीम ढुंगाना सर्वसम्मत चयन भएका छन् ।
संघको काठमाडौंमा सम्पन्न आठौं अधिवेशनबाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित नगरप्रमुख ढुंगाना सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्र निर्वाचित सिन्धुपाल्चोकको चौतारासाँगागढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा चयन भएका छन् ।
महासचिवमा नेकपा एमालेका तर्फबाट दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी चयन भएका छन् । उपमहासचिवमा नेकपा एमालेको तर्फबाट विजयी काठमाडौँ उपमहानगरपालिकाकी उपमेयर सुनिता डंगोल चयन भएकी छन् । संघको ४३ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।