कर्दा ट्रिपल एक्स नेपाली बजारमा
नेपाल प्रेस
२०७९ पुष ७ गते १२:३७
काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ ले ४० यूपी सेगमेन्टको मदिरा नेपाली बजारमा ल्याएको छ । २५ यूपी र ३० यूपीको रम तथा मदिरा उत्पादन गर्दै आएको उक्त कम्पनीले ४० यूपीको नयाँ उत्पादन ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।
बजारमा उपलब्ध मध्ये स्तरीय मदिरा रहेको कम्पनीका महाप्रबन्धक शुभाष लामिछानेको भनाइ छ । पछिल्लो समय बढेको आकर्षणलाई सम्बोधन गर्दै कम्पनीले ‘कर्दा ट्रिपल एक्स’ बजारमा ल्याएको हो ।
उक्त मदिरामा अल्कोहलको मात्रा २५ र ३० यूपीको मदिरामा भन्दा कम रहेको जानइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर