सन्दीपका कानुन व्यवसायीले गरे आजको पेशी स्थगित – Nepal Press

सन्दीपका कानुन व्यवसायीले गरे आजको पेशी स्थगित

काठमाडौं। जबर्जस्ती करणी मुद्धामा आफुलाई मुद्धा पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीप लामिछानेले पाटन उच्च अदालतमा गरेको पुनरावेदनको बिहीबारका लागि तोकिएको पेशी स्थगित भएको छ।

निवेदक सन्दीपकै कानुन व्यवसायीले पेशी स्थगितका लागि निवेदन दिएका थिए। महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेशी परेको थियो।

काठमाडौं जिल्ला अदालतले गत कात्तिकमा सन्दीपलाई कारागार पठाउने आदेश गरेको थियो। उनी असोज २० गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर