भागवत गीता बोकेर सुनिल शर्माको सपथग्रहण, तलब भत्ता नलिने घोषणा – Nepal Press

भागवत गीता बोकेर सुनिल शर्माको सपथग्रहण, तलब भत्ता नलिने घोषणा

काठमाडौं । प्रतिनिधिसभाका धेरै सांसदले ईश्वरको साटो जनताको नाममा सपथ लिए । तर नेपाली कांग्रेसका सांसद सुनिल शर्माले भने गीता छोएर ईश्वरको नाममा सपथ लिएका छन् ।

संस्कृत भाषामा सपथग्रण गर्ने स्वतन्त्र सांसद किरण साहजस्तै कांग्रेस सांसद शर्माले पनि धर्म भाकेर सपथग्रहण गरेका हुन् । सपथग्रहणका लागि नेपालमै बुनेको कपडाको दौरा सुरुवाल लगाएर गएका शर्माले हिन्दुहरुको महान ग्रन्थ गीता पनि साथमै बोकेका थिए ।

सांसद डा. शर्माको हातमा निर्वाचित भएको प्रमाणपत्रसँगै भागवत गीता समेत थियो । शर्मा कांग्रेसबाट निर्वाचितमध्ये सबैभन्दा बढी करिव ४९ हजार मत पाएर जितेका सांसद हुन् ।

पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको बताउँदै डा. शर्माले सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन भागवत गीता बोकेर संसद भवन प्रवेश गरेको बताए ।

‘पछिल्लो समय नेपाली राजनीतिमा झुट र भ्रष्टाचार मैलाएको छ । म सत्य र भ्रष्टाचाररहित राजनीतिलाई प्रश्रय दिन गीता बोकेर संसद भवन छिरेको हुँ ।’ डा. शर्माले भने ।

डा.शर्माले आफू राजनीतिमा कमाउन नभएर सेवाका लागि आएको भन्दै सांसदबाट पाउने तलबभत्ता नलिई निर्वाचन क्षेत्रका विपन्न जनता तथा परोपकारी संस्थाहरुलाई प्रदान गर्ने बताएका छन् ।


प्रतिक्रिया

2 thoughts on “भागवत गीता बोकेर सुनिल शर्माको सपथग्रहण, तलब भत्ता नलिने घोषणा

  1. तलव नलिने भनेर नौटङ्की गर्ने अनि एउटा मेडिकल को नीति आफू अनुकुल बनाउन लगाएर करोडौं कमाउने । कुखुरा चोर छट्टु स्यालको जस्तो कुरा हो यो । जो साँसदले राज्यले तोकिदिएक‍ो तलव भत्ता लिन्न भन्छ सम्झनु त्यसले कहिं दाउ पारेर कुम्ल्याउँदैछ । नत्र तोमिएक‍ो तलव नखाने भए किन साँसद बनेक‍ो ?

  2. प्रदेश सभासदले पनि नलिने घोषणा गरेका थिए।मिलेर सामाजिक विकासमा लगाउनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर