एमाले सचिवालय बैठक : जनादेशअनुसार भूमिका निर्वाह गर्न ओलीलाई जिम्मा
नेपाल प्रेस
२०७९ पुष ७ गते १७:४०
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचनको जनादेशअनुसार विशेष भूमिका निर्वाह गर्दै अगाडि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
भक्तपुरको बालकोटमा आज बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । प्राप्त जनादेशअनुसार संसदमा विशेष भूमिका निर्वाह गर्दे अगाडि बढ्ने निर्णय गरेको नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नेपाल प्रेसलाई जानकारी दिए ।
प्रतिक्रिया
सम्बन्धित खवर