पत्रकारबाट छलिँदै चार्ल्स शोभराजलाई प्रहरीले यसरी झुक्याएर निकाल्यो
काठमाडौं । विकिनी किलरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई केन्द्रीय कारागारबाट अध्यागमन विभाग पुर्याइएको छ ।
प्रहरीले विषेश योजना बनाएर शोभराजलाई विभाग पुर्याएको हो । केन्द्रीय कारागारबाट ४ वटा गाडी निस्किएकोमा शोभराज कुनमा थिए भन्ने यकिन हुन नदिन प्रहरीले चलाखी गरेको थियो ।
जसका लागि चारवटै गाडीमा मास्क र टोपी लगाएका एक सादा पोसाकमा मानिसलाई राखिएको थियो । ती गाडी रत्नपार्क हुँदै भद्रगकाली पुगेपछि वान वे मिच्दै माइतीघर निस्किएका थिए । सिंहदरबार पुगेपछि दुईवटा प्रहरी गाडी सिंहदरबारभित्र पसे भने अर्को गाडी पनि मोडिएको थियो ।
बाँकी एउटा गाडीमात्र अनामनगर हुँदै विभागतर्फ लागेको थियो । पछि सिंहदरबारभित्र प्रवेश गरेका दुईवटा गाडी पनि विभागमा पुगेका थिए ।
रिहा हुनुअघि चार्ल्स शोभराजले आफूलाई मिडियाबाट टाढा राखिदिन कारागार प्रशासनसमक्ष अनुरोध गरेको बताइएको छ ।