शोभराजकी प्रेमिका भन्छिन्- पहिले उहाँलाई फ्रान्स पठाउँ, अनि अरु कुरा सोचौंला (भिडिओ) – Nepal Press

शोभराजकी प्रेमिका भन्छिन्- पहिले उहाँलाई फ्रान्स पठाउँ, अनि अरु कुरा सोचौंला (भिडिओ)

काठमाडौं । १९ वर्ष नेपाली काराबास जीवन बिताएर किलरका रूपमा चर्चित चार्ल्स सोभराजलाई तत्काल फ्रान्स पठाउनुको विकल्प नभएको उनकी प्रेमिका निहिता विश्वासले बताएकी छिन् ।

तपाईँ केही दिन शोभराजसँग समय बिताउन चाहनु हुन्छ ? पत्रकारको जिज्ञासामा शोभराजमाथि सुरक्षा जोखिम रहेकाले उनलाई तत्काल स्वदेश फर्काउनुको विकल्प नभएको बताइन् ।

‘अहिले उनको स्वदेश फिर्ति महत्वपूर्ण हो । बाँकी दोस्रो कुरा हुन् । उनीमाथि फेरि पनि सुरक्षा जोखिम देखिएकाले फ्रान्स पठाएपछि मात्र हामी ढुक्क हुन्छौँ । त्यसपछि मात्र परिवारको कुरा आउँछ’, शोभराज जेलबाट निस्किएपछि निहिताले भनिन् ।

पेरिस कहिले जानुहुन्छ भन्ने प्रश्नमा निहिताको जवाफ- अहिले छाडेर हिँड्ने अवस्था छैन, पर्सनल लाइफ आफैसँग राखौँ

प्रेमिका निहिता विश्वासले  चार्ल्स शोभराजसँगको सम्बन्ध कायमै रहेको संकेत गरेकी छिन्। १२ वर्षअघि आफुभन्दा ४४ वर्ष ज्येष्ठ शोभराजसँग कारागारमै विवाह भएको घोषणा गरेकी निहिताले पर्सनल लाइफबारे धेरै चासो नराख्न आग्रह गरिन्।

शोभराज कारागारबाट छुटेपछि तपाई चाहीँ कहिले पेरिस जाने भन्ने प्रश्नमा उनले आफ्ना धेरै कामहरु बाँकी रहेकाले हिँड्न मिल्ने अवस्था नरहेको बताइन्।

‘चार्ल्ससहित थुप्रै क्लाइन्टका कामहरु बाँकी छन् जसलाई मैले बराबर हेर्नुपर्ने हुन्छ। परिवारसँग, एम्बेसीसँग समन्वय पनि गर्नुपर्छ, उनले भनिन्, ‘ मैले पर्सनल लाइफ बाहिर ल्याएर पहिला गल्ती गरेँ। अब त्यो गल्ती गर्दिन। पर्सनल लाइफ आफैसँग राखौँ।’ उनले शोभराज केही साता नेपालमा रहने उनको इच्छा रहेपनि सुरक्षाका कारण तत्काल स्वदेश फर्काउनु पर्ने भएको पनि बताइन्।

निहिता शोभराजभन्दा ४४ वर्षले कान्छी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर