गर्भिनी हात्तीले गर्भ तुहिने डरले केराको पात खाँदैन
कलिलो हात्तीलाई पिट्यो भने त्यसले मान्छेको अनुहार बिर्सन्न, एकदिन बदला लिन्छ
विज्ञानले अनुसन्धान गरेका, स्थानीयले प्राक्टिस गरेका, तर विज्ञानले प्रमाणित नगरेका कुराहरुलाई आधार मानेर भन्नुपर्दा त्यो सशस्त्र क्याम्प राख्ने भनेको मान्छेले आफ्नै लागि हो । हात्तीका लागि होइन । त्यो सशस्त्र क्याम्पले हात्ती खेद्न सकिँदैन । एक त हात्ती साढे चार टनदेखि छ टनसम्मको हुन्छ ।
हामीले जीवजन्तुलाई एकदमै फरक, केही बुझ्दैन भन्नु गलत हो । हात्तीमा पनि माया हुन्छ, स्नेह हुन्छ, बदलाको भाव हुन्छ । यतिसम्म कि सुत्केरी हात्तीलाई अरु हात्तीले हेरचाह गरिदिने, पानी ल्याइदिने, खुवाइदिने गर्छन् । हामीमा जस्तै विद्रोहको भावना हुन्छ हात्तीमा । कसैले हिर्कायो भने उसले बदला लिन खोज्छ । त्यसकारण सशस्त्र क्याम्प राखेर समस्या समाधान हुँदैन ।
हात्तीसँग बच्ने केही कुराहरु छन् । पहिलो त हामीलाई झापादेखि पाल्पा जानुपर्यो भने नारायणघाटको बाटो भएर जानुपर्छ । बाहुनडाँगी भनेको नेपालमा हात्तीहरुको बसाइसराइ गर्ने नारायणीको पुल जस्तै हो । बाहुनडाँगी प्रमुख क्षेत्र हो ।
मान्छेले बसोबास सुरु गरेको तीन हजार वर्ष भयो । हात्तीहरु त त्योभन्दा धेरै पहिलादेखि छन् । त्यो बाटो उनीहरुले रजगज गरेको बाटो हो । हात्तीको छोरा, नाति, पनाति, खनाति हिँडेको बाटो हो । ऊ जहिल्यै त्यही बाटो हिँड्छ । ऊ हिँड्दा त्यहाँ चारकोसे झाडी थियो । ऊ बस्ने ठाउँ थियो । सुत्ने ठाउँ थियो । ऊ आहाल खेल्थ्यो, चर्थ्यो । पछि मान्छेहरुले घर बनाइदिए । तर, उसले त्यो बाटो छोड्दैन ।
नेपालमा अधिकांश हात्तीहरु आसामबाट आउँछन् । मानौं, कुनै जंगली हात्तीले चितवनमा आएर बच्चा पायो । माउ हरायो वा मर्यो भने त्यो बच्चाले कसैले बाटो नदेखाइकन आफैं हिँडेर बाटो पत्ता लगाउँछ । आसाम पुग्छ । कसैले डोर्याउनु पर्दैन ।
नेपालमा अधिकांश हात्तीहरु आसामबाट आउँछन् । मानौं, कुनै जंगली हात्तीले चितवनमा आएर बच्चा पायो । माउ हरायो वा म¥यो भने त्यो बच्चाले कसैले बाटो नदेखाइकन आफैं हिँडेर बाटो पत्ता लगाउँछ । आसाम पुग्छ । कसैले डोर्याउनु पर्दैन ।
हात्तीको आतंक नियन्त्रण गर्ने हो भने उसलाई स्नेह गर्ने हो । बच्चालाई कुट्नुस् त ! उसले बदला लिन्छ । कान्तिपुर पत्रिकामा केही समय पहिला हात्तीको बच्चाको पुच्छर समातेको फोटो आएको थियो । त्यो हात्तीले त्यो मान्छेको अनुहारलाई स्मरण गर्छ । ऊ जवान भएपछि ती कुनै न कुनै मान्छेमध्ये जसलाई भेट्छ, उसलाई छाड्दैन ।
अर्को कुरा, हात्ती नियन्त्रण गर्न पहिला त हात्तीले के खान्छ, थाहा हुनुपर्छ । आनीबानी थाहा हुनुपर्छ । हात्ती सिंह र बाघसँग डराउँछ । बाघ र सिंहको आवाज रेकर्ड गरेर त्यो आउँदा बजाउन सकियो ।
दोस्रो कुरा, हात्तीले के खान्छ ? हात्तीले खुर्सानी खाँदै खान्न । गैंडाले खुर्सानी देख्यो भने बारीमा पसेरै छाड्छ । हात्तीले हलेदो, सर्सिउ खान्न । अदुवा बारीमा लगाउनुपर्यो । हात्ती हिँड्ने बाटोमा रक्सी राख्नु भएन । रक्सी देखेपछि जसरी पनि त्यो घर फोर्छ । मान्छे जस्तै मैमत्त हुन्छ । एउटा डाँडामा गएर मजाले नाच्छन्, रमाउँछन् उनीहरु । त्यसकारण हात्तीको लागि त्यो क्षेत्रमा रक्सी पार्नुहुन्न ।
हात्ती नियन्त्रण गर्न माहुरी उपयोगी हुनसक्छ । केन्या र भारतको कर्नाटकामा परीक्षण सफल भएको छ । हात्ती आउने ठाउँमा डोरी लगाउनुस् । हात्ती बाटोमा आउँदा डोरी ठोक्कियोस् । त्यो डोरी टकटक गरेर माहुरीको गोलामा लागोस् । माहुरी आएर हात्तीको संवेदनशील ठाउँहरुमा टोक्छ । आँखा, कानमा टोक्छ । अनि भाग्छ ।
हात्तीले हलेदो, सर्सिउ खान्न । अदुवा बारीमा लगाउनुपर्यो । हात्ती हिँड्ने बाटोमा रक्सी राख्नु भएन । रक्सी देखेपछि जसरी पनि त्यो घर फोर्छ । मान्छे जस्तै मैमत्त हुन्छ । एउटा डाँडामा गएर मजाले नाच्छन्, रमाउँछन् उनीहरु ।
अहिले भारतमा पाएसम्म अकबरे खुर्सानीलाई धूलो बनाएर अश्रुग्यासको रुपमा प्रयोग गरिएको छ । त्यो हावामा फैलिन्छ । हात्ती तर्किन्छ । हात्तीकै गोबरमा खुर्सानी दलेर बालिदिन सकियो । पुराना मालिस गर्ने तेलमा खुर्सानीको धूलो मिसाएर हात्ती आउने बाटोको वरिपरि राखिदिन सकियो । यी तरिकाले हात्तीलाई पाखा लगाउन सकिन्छ ।
सधैं हिँडिरहँदैन हात्ती । केही रैथानेबाहेक वेलावेला बसाइसराइ गर्ने हुन् । हात्तीहरु बसाइसराइ गर्ने समय पारेर त्यो वेला नपाक्ने बाली लगाउनुपर्यो । गर्भिनी हात्तीले जंगलमा केराको पात खाँदैन । रिसर्चअनुसार त्यो पात खाँदा ४२ प्रतिशत गर्भ तुहिने सम्भावना हुनेरहेछ । गर्भिनी हात्तीले १३ खालका वनस्पति खान्छन् भनेर अफ्रिकामा पत्ता लाग्यो । नेपालमा पनि हात्तीले नखाने बाली लगाउनुपर्यो । बाहुनडाँगी भन्ने ठाउँमा सशस्त्र क्याम्प राखेर हुन्न । कि त हात्ती निर्मूल पार्नपर्यो । कि त मान्छे त्यस ठाउँबाट निर्मूल हुनपर्यो । नत्र द्वन्द्व हुन्छ ।
घरपालुवा भन्ने हात्तीमा लागु नै हुँदैन । मान्छेले प्रयोग गरेको गलत शब्द हो । नेपालमा कुनै पनि हात्ती घरपालुवा छैन । कुनै पनि जीवजन्तुलाई पूर्ण रुपमा घरपालुवा बनाउन १३ देखि १७ पुस्ता चाहिन्छ । १७ औं पुस्तामा मात्रै घरपालुवा हुन्छ ।
अब नेपालमा भएका हात्तीहरु बढी भए चार पुस्ता होलान् । पर्सालगायत नेशनल पार्कमा जंगलबाट समातिएका हात्तीहरु हुन् । जंगलबाट समातिएको चिज कहिले घरपालुवा हुन्छ ? मान्छेलाई लगेर अन्टार्टिकामा लगेर पेनगुइन बनाउँछु भनेर हुन्छ ? सम्भव छैन ।
जंगली हात्तीहरु तपाईंले ल्याएर यातना दिँदैमा घरपालुवा हुँदैन । तपाईंले दिएका घरका खानेकुराले डीएनए नै परिवर्तन भएर आउनपर्छ । आनीबानी परिवर्तन हुनुपर्छ । घरमा भएका कुनै पनि हात्तीलाई जंगलमा लगेर छाडिदिनुस् । कुनै एउटा हात्ती अपवादको रुपमा फर्केर आउला । ९९.९९ प्रतिशत फर्केर आउँदैन । ऊ जंगल नै रुचाउँछ । कुनै पनि हात्ती घरपालुवा भएको छैन । त्यो सम्भव पनि छैन ।
(जीवजन्तुविद् ददि सापकोटाले नेपाल लिटरेचर फेस्टिभलमा हात्तीमाथि बोलेका कुराहरुको सम्पादित अंश । ‘वनको वैभव’ नामक पुस्तकका सर्जक सापकोटासँग पत्रकार देवेन्द्र भट्टराईले संवाद गरेका हुन् ।)