विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थसहित कैलालीमा एक जना पक्राउ – Nepal Press

विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थसहित कैलालीमा एक जना पक्राउ

कैलाली । विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित कैलालीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको कैलारी गाउँपालिका ३ मोहनपुर स्थित विओपी खोनपुर बाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले विस्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित सोमनारायण गामु डगौरालाई पक्राउ गरेको हो ।

भारतबाट विस्फोटक पदार्थमा प्रयोग गर्न ल्याइएको कच्चा पदार्थ सहित डगौरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

कैलारी गाउँपालिका ४ का ४७ वर्षीय डगौराले आफ्नो रा २ प ४२८७ नम्बरको मोटरसाइकलमा कच्चा पदार्थ ल्याइरहेका थिए । उनीसँग प्रहरीले २३ किलो गन्धक, ५किलो सुरा बरामद गरेको हो ।

उनी माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *