धनुषामा किराना पसलमै गोली हानेर पसलेको हत्या
नेपाल प्रेस
२०७९ पुष ९ गते २१:००
जनकपुरधाम । धनुषाको सिमावर्ती मुखियापट्टी मुसहर्निया गाउँपालिका २ स्थित एक पसलमा गोली हानेर पसलेको हत्या गरिएको छ ।
अज्ञात समूहले गोली हानेर ३५ वर्षीय भनु दासको हत्या गरेको हो । घरमै रहेको आफ्नै किराना पसलमा बसेका बेला उनीमाथि गोली प्रहार भएको स्थानीयले बताएका छन् ।
दासको काखमा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते उनलाई जनकपुरस्थित प्रादेशिक अस्पताल लग्ने क्रममा बाटोमै मृत्यु भएको हो । अहिले अस्पतालमा मुखियापट्टीका मानिसहरुको भीड लागेको छ ।
मोटरसाइकलमा आएका व्यक्तिले उनीमाथि गोली प्रहार गरी भारततर्फ फरार भएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर