ओली भेट्न बालकोट पुगे रवि लामिछाने
नेपाल प्रेस
२०७९ पुष १० गते १३:५३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोटमा पुगेका छन् ।
सत्ता गठबन्धनमा सरकार गठन गर्न सहमति नबनेपछि उनीहरू एमाले अध्यक्ष ओलीसँग वार्ताका लागि बालकाेट पुगेका हुन् । यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि ओलीसँग छलफल गरेका छन् ।
अहिले बालुवाटारमा सहमति नभएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि बालकोटा जाँदैछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर