राजनीतिका माहिर र गतिशील खेलाडी ओली-प्रचण्ड पुनर्मिलन
दुवैमाथिको आशा र परीक्षा
४७-४८ सीटमा तालमेलको हल्ला भए पनि नेपाल समाजवादी पार्टीलाई छुट्ट्याइएको दुई सीटसहित माओवादी केन्द्रले ४४ सीटमा कांग्रेस र एकीकृत समाजवादीसहितको लोकतान्त्रिक-वाम गठबन्धनसँग संघीय चुनावी तालमेल गरेको हो । कांग्रेसबाट इतर राजनीतिक पक्षमा, खासगरी माओवादी पक्षमा अपेक्षित मत वितरण हुँदैन भन्ने पुष्टि त २०७४ को स्थानीय चुनाव र गत स्थानीय चुनावमै पुष्टि भैसकेको हो ।
तर, लोकतन्त्र, संविधान र राजनीतिक स्थायित्वको नयाँ सन्दर्भले मत वितरणका लागि कांग्रेस नेता-कार्यकर्ता र उनीहरूसँग प्रभावित जनता उत्साहित हुन्छन् कि भन्ने माओवादी अपेक्षा सबै भर्खरैको आम चुनावी प्रयोगमा समेत असफल भयो । मत नै प्रभावित भएन भन्ने होइन । तर, माओवादी प्रभावित मतले कांग्रेसलाई जित्न जति सजिलो भयो, माओवादीलाई भएन । एक्लै प्रतिस्पर्धामा गएको भए पनि कमसेकम चारपाँच समानुपातिक सीट माओवादीले बढाउँथ्यो र जोखिम हुने चारपाँच प्रत्यक्ष सीटलाई त्यसले सन्तुलनमा ल्याउँथ्यो । त्यस्तो जोखिम माओवादीले लिएको हुन्थ्यो भने जनता समाजवादी र एकीकृत समाजवादी पनि माओवादी केन्द्रसहितको एउटै समाजवादी धारा हुने गरी एकाकार हुनसक्थे ।
तर, राजनीतिलाई शक्ति अपेक्षाबाट भन्दा आम अपेक्षाबाट हेर्नुपर्छ । त्यसरी हेर्दा र प्रयोगमा जाँदा जे हुनु थियो, भै नै हाल्यो । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा अगाडि सार्ने पूर्वसहमतिबाट नेपाली कांग्रेस, खासगरी सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पछाडि हटेपछि नेकपा एमालेसहितको गठबन्धन बनाएर प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका छन् । यसलाई राजनीतिको अनपेक्षित एवं नाटकीय परिवर्तनका रूपमा टिप्पणी गरिए पनि यो कांग्रेसले गठबन्धन संस्कृतिलाई हल्का सोच्दा आएको स्वाभाविक र बाध्यात्मक परिणाम भएको नै आम बुझाइ छ ।
गठबन्धन भएकै कारण कांग्रेसले २३ को हैसियतलाई ५७ पुर्यायो र समानुपातिकसहित ८९ सीटको सबैभन्दा ठूलो राजनीतिक दल बन्यो । संविधान र लोकतन्त्रका लागि राजनीतिक भविष्य नै दाउमा राखेर कांग्रेससँग गठबन्धन गर्दा पार्टीगत हैसियतमा भने माओवादीसहितका बामपन्थीहरू खुम्चिनुपर्यो ।
स्वयं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवाबाट प्रचण्डलाई अन्तिममा धोका भएकाले यो परिस्थिति बनेको बताएका छन् भने गठबन्धनको अर्काे घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको बेइमानीले पराकाष्ठा नाघेकाले प्रचण्डको भूमिकालाई स्वाभाविक भनेका छन् ।
केपी ओलीले संसद विघटनलगायतका असंवैधानिक कदम चालेपछि संविधानको रक्षा र शासकीय स्थिरताका लागि प्रचण्ड-माधवले ठूलो जोखिम मोलेर झन्डै २० महिनादेखि कांग्रेसलाई संयुक्त आन्दोलन र गठबन्धन नेतृत्वका रूपमा अगाडि सारेका थिए । बीचमा भएको स्थानीय चुनावमा र भर्खरै सम्पन्न आम चुनावमा मिलेरै जाँदासमेत कांग्रेसले दिएको ‘धोका’लाई पचाएर गठबन्धनलाई निरन्तरता दिने भगीरथ प्रयत्न उनीहरूले गरेका थिए । गठबन्धनको निरन्तरता भनेको गठबन्धन संस्कृतिको पालना पनि हो । अघिल्लो चुनावमा २३ सीट प्रत्यक्ष र समानुपातिकसहित ६३ सीट जितेर कमजोर प्रतिपक्ष सावित भएको कांग्रेसलाई त्योभन्दा ठूलो राजनीतिक हैसियत भएर पनि प्रचण्ड-माधवले खुशीखुशी नेतृत्व स्वीकारे ।
फलतः गठबन्धन भएकै कारण कांग्रेसले २३ को हैसियतलाई ५७ पुर्यायो र समानुपातिकसहित ८९ सीटको सबैभन्दा ठूलो राजनीतिक दल बन्यो । संविधान र लोकतन्त्रका लागि राजनीतिक भविष्य नै दाउमा राखेर कांग्रेससँग गठबन्धन गर्दा पार्टीगत हैसियतमा भने माओवादीसहितका बामपन्थीहरू खुम्चिनुपर्यो ।
तर, नयाँ आधारमा अगाडि बढ्ने, संघमा पहिलो चरणमा प्रचण्डले आधा कार्यकाल सरकारको नेतृत्व लिने, राष्ट्रपतिलगायतका पद कांग्रेसले लिने र सबै प्रदेशमा हैसियत र आवश्यकताअनुसार तालमेल गर्ने दलीय सहमति भएको एकहप्ता नपुग्दै कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री त कुनै हालतमा छाड्न नसकिने निष्कर्ष सुनायो । गठबन्धन भन्ने तर कांग्रेसलाई सधैं नेतृत्व मान्दिनुपर्ने अप्ठेरोबीच प्रचण्डले एउटा गतिशील निर्णय लिएको अर्थमा आजको राजनीतिलाई हेरिएको छ ।
समकालीन राजनीतिमा सबैभन्दा माहिर खेलाडी ओली हुन् र सबैभन्दा गतिशील खेलाडी प्रचण्ड हुन् भनेर कांग्रेसलाई सिकाइदिनेसम्म कोही भएनन् । आन्तरिक बैठकमा प्रचण्ड पक्षमा उपाध्यक्ष पूर्णबहादुर खड्का र देउवा पक्षमा प्रवक्ता प्रकाशशरण महतबीच झण्डै हात हालाहाल भएको सूचना बाहिरियो । तर, कांग्रेसले गठबन्धनसम्मत परिणाम दिएन ।
देउवाले प्रचण्डलाई धोका दिएको कुरा त सिद्ध नै भैहाल्यो । देउवाले जानाजान समीकरण परिवेशलाई यति सजिलै बुझे कि संविधानको ७६ (२) को समय घर्केपछि ७६ (३) बाट आफैं नेतृत्व हुइन्छ । र, एक महिनाबीचमा आफूलाई एमालेले समर्थन गर्छ वा कुनै तरिकाले बहुमत पुग्छ । खासमा माओवादी फोबिया भएका एमालेहरूले त्यही भनेर उक्साएका थिए देउवालाई । त्यसैले केपी ओली के सोच्छन्, त्यो माओवादी फोबियावाला एमालेलाई पनि थाहा नहुने रहेछ । कांग्रेस र आफ्नै पुरातनहरूलाई थाङ्नामा सुताए, राजनीतिका माहिर खेलाडी ओलीले !
अब देउवाले बहुमतसिद्ध गर्न नसकेपछि अरु कसैले त गर्नैपर्थ्यो । एमाले-माओवादीले गरे । ओलीका नाममा सहमति नहुने भएरै प्रचण्डका नाममा जुट्यो । तर, ठूलो दल भएर पनि कांग्रेस भने बज्रस्वाँठ सावित भयो । समकालीन राजनीतिमा सबैभन्दा माहिर खेलाडी ओली हुन् र सबैभन्दा गतिशील खेलाडी प्रचण्ड हुन् भनेर कांग्रेसलाई सिकाइदिनेसम्म कोही भएनन् । आन्तरिक बैठकमा प्रचण्ड पक्षमा उपाध्यक्ष पूर्णबहादुर खड्का र देउवा पक्षमा प्रवक्ता प्रकाशशरण महतबीच झण्डै हात हालाहाल भएको सूचना बाहिरियो । तर, कांग्रेसले गठबन्धनसम्मत परिणाम दिएन ।
जसरी माओवादीबाट फाइदामात्र असुल्ने तर उसलाई पेलिरहने तत्व कांग्रेसमा हावी थिए । ठीक त्यसैगरी एमालेलाई मात्र फाइदा लिएर माओवादीको नजरअन्दाज गर्ने तत्व एमालेमा पनि थिए । तर, केपी ओलीले त्यस्ता तत्वलाई छायाँमै पर्न दिएनन् । ओलीले राजनीतिका आफ्ना पूर्वमान्यतालाई अलिकति फर्केर समीक्षा गरेको हो भने बालकोट बार्दलीमा दुई पूर्वअध्यक्षलाई संयुक्त पाउँदा ‘नेकपा’का कार्यकर्ताले व्यक्त गरेको अपूर्व खुशीले अबको राजनीति तरलबाट ठोस हुँदै जाने संकेत गरेको छ । यस परिवेशले पुनः वाम एकताको धरातल खडा गरेको छ भने त्यसका लागि आशाजनक रूपमा दुबै नेताको परीक्षासमेत पर्खिएको छ । तर, प्रचण्ड नेतृत्वको सरकारले र सरकार निर्माणको एमाले-माओवादी वाम धरातलले नयाँ आधारमा एकीकृत समाजवादी तथा सबै वामपन्थीहरूलाई विश्वासमा लिने र सहकार्यलाई निरन्तर अगाडि बढाउने कार्यमा कुनै कसर बाँकी राख्नुहुँदैन ।
ओलीको असंवैधानिक गतिविधिलाई आन्दोलन र अदालतले गलत सावित गरिसकेको र बीचका चुनावहरूले एमाले र माओवादीलाई समेत हैसियतअनुसार स्थापित गरिसकेकाले अगाडिका राजनीतिक तुषलाई उही रुपमा बुझिराख्नु अब जरुरी छैन । तर, गलत प्रवृत्तिहरूप्रति सजग रही वाम प्रवृत्तिलाई प्रोत्साहित गर्न सक्दा यो नयाँ गठबन्धनले एउटा आशा पक्कै जागृत गर्नेछ ।
तरल र भ्रमकारी राजनीतिक परिवेशबीच नेतृत्व भएर जनताको आम विश्वास जित्ने चुनौती प्रचण्डलाई छ । प्रचण्डलाई मात्रै होइन, यसको मूल ‘ओनर’ ओलीलाई समेत छ । पहिलो त, सत्तास्वार्थका लागि कुनै पनि अप्राकृतिक गठबन्धन स्वीकार्न तयार छन् भन्ने नैतिक चुनौती प्रचण्डलाई छ । ओलीको असंवैधानिक गतिविधिलाई आन्दोलन र अदालतले गलत सावित गरिसकेको र बीचका चुनावहरूले एमाले र माओवादीलाई समेत हैसियतअनुसार स्थापित गरिसकेकाले अगाडिका राजनीतिक तुषलाई उही रुपमा बुझिराख्नु अब जरुरी छैन । तर, गलत प्रवृत्तिहरूप्रति सजग रही वाम प्रवृत्तिलाई प्रोत्साहित गर्न सक्दा यो नयाँ गठबन्धनले एउटा आशा पक्कै जागृत गर्नेछ ।
यो समीकरणको स्थायित्व, गठबन्धनमा उपस्थित राजावादी वा नरम दक्षिणपन्थी लाग्ने देशीय वा बैदेशिक स्वार्थ प्रवृत्तिहरूको सन्तुलन र नियन्त्रण, संघीय लोकतान्त्रिक परिवर्तनलाई विश्वासिलो बनाउने तत्कालीन योजना र कार्यक्रम निर्माण, द्वन्द्व व्यवस्थापनको औचित्यपूर्ण निष्कर्ष, संविधानतः घोषित समाजवादी लक्ष्यको दीर्घकालीन कार्यक्रम, वैदेशिक स्वार्थहरूका बीचमा राष्ट्रियता वा देशभक्तिको सन्तुलन प्रचण्ड नेतृत्वका अहं कार्यभार हुन् । यस रूपको समीकरण निर्माणका आधार ओली भएकाले यो सरकारको सफलता र असफलताको दोष मूल वामपन्थी शक्तिले नै लिनु अनिवार्य छ ।
देश आशा, अपेक्षा, अस्थिरता र संक्रमणले यति थिलथिलो भैसकेको छ कि कसैले कसैलाई प्रयोग गर्ने समयसीमा अब छैन । प्रचण्डले भन्ने गरेका छन् कि दुईपटक प्रधानमन्त्रीका रूपमा नेतृत्व गर्दा आटिएका प्राथमिकताहरूलाई सफलतापूर्वक कार्यान्वयन गरेर सुशासनको अनुभूति दिनु छ । त्यसका निश्चित कार्यक्रमहरू अब देखिनेगरी, महसुस हुनेगरी आउनुपर्छ । कमजोर परेको पार्टी निर्माण र कमजोर परेको परिवर्तन जीवन्त राख्नैपर्ने एउटा चुनौतीको परीक्षामा प्रचण्ड खडा छन् । तर, प्रधानमन्त्री भएर गर्ने के हो ? पहिलो त, विश्वासयोग्य नीतिगत खाका जारी हुनुपर्छ । दोस्रो, यही भ्रष्ट र जड कर्मचारी संयन्त्रबाट ती नीति लागू गर्नुपर्ने भएकाले दण्ड र पुरस्कारको निर्मम तयारी थालिनुपर्छ । नत्र एकथान प्रधानमन्त्री त देशमा जो कोही हुन्छन्, निरन्तर नै हुन्छन् ।