समीक्षा बैठकमा नआएपछि बीपी प्रतिष्ठानलाई मन्त्रालयले सोध्यो २४ घण्टे स्पष्टीकरण
नेपाल प्रेस
२०७९ पुष १४ गते १४:४३
विराटनगर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानलाई स्पष्टीकरण सोधेको छ । समीक्षा बैठकमा प्रतिष्ठानका पदाधिकारी उपस्थित नभएको भन्दै मन्त्रालयले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान उपसमितिको चालू आवको प्रथम त्रैमासिक समीक्षामा कोही पदाधिकारी सहभागी नभएपछि अस्पताल निर्देशक, र सजिष्टारलाई स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।
‘उपसमितिजस्तो महत्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो ? सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनू’ मन्त्रालयको पत्रमा भनिएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर