नेकपा एसको पोलिटब्युरो बैठक आजपनि बस्दै
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ पुष १९ गते ८:३८
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/nekap-s-politbyuro.jpg)
तस्बिर : गाैरव पाैडेल/नेपालप्रेस
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक आज पुनः बस्ने भएको छ ।
बैठक बिहान ११ बजे बस्ने समय तय भएको छ । हिजोबाट सुरु भएको बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम आज पनि जारी रहने छ ।
बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
शनिवार र आइतबार दुई दिनसम्म पार्टीको स्थायी समिति बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउन नसकेपछि पोलिटब्युरो बैठक बोलाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर