आज शेखर-गगन समूहको छुट्टै भेला : आगामी रणनीतिबारे छलफल हुने – Nepal Press

आज शेखर-गगन समूहको छुट्टै भेला : आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस शेखर-गगन समूहको बैठक आज बस्ने भएको छ ।

इतर समूहले गठबन्धन टुटेको तथा चुनावी समीक्षा गर्न भेला बोलाएको हो ।

बैठकले चुनाव र गठबन्धनबारे केन्द्रीय समितिमा प्रस्तुत गर्ने एजेण्डा तय गर्ने बुझिएको छ ।

नयाँ सत्ता समीकरण बनेपछि यसअघि नै इतर समूहका नेताहरु शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, बलबहादुर केसी, रामकृष्ण यादव, सरिता प्रसाईंलगायत बसेर छलफल गरेका थिए ।

कार्यसमिति बैठक पुस २८ गते बस्ने तय भएको छ ।

यसअघि पुस २२ गते बस्ने तय भएको थियो । बुधबार बैठकको मिति परिवर्तन भएको हो । त्यसअघि २३ गते संसदीय दलको बैठक बोलाएको छ । नेपाली कांग्रेसले गठबन्धन जोगाउन नसक्दा संघदेखि प्रदेशसम्म सरकारको नेतृत्व गर्ने अवसर गुमाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर