प्रेस युनियनको कर्णाली प्रदेश अधिवेशनमा लफडा, पार्षद चयनको विषयमा हात हालाहाल (भिडिओ)
![](https://www.nepalpress.com/wp-content/uploads/2020/11/nepalpress-logo-n.png)
२०७९ पुष २१ गते १२:२२
![](https://www.nepalpress.com/wp-content/uploads/2023/01/union-lafada-karnali.jpg)
सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेश अधिवेशनको क्रममा विवाद भएको छ । पार्षद चयनको विषयमा संस्थापन र इतर समूहबीच विवाद भएको हो ।
वीरेन्द्रनगरको टाकुमा होटेलमा आयोजित अधिवेशनमा संस्थापनइतर पक्षधरका पार्षद धेरै भएको भन्दै नाम काटिएपछि हात हालाहालसम्म भयो ।
अधिवेशनमा सहभागी एक प्रतिनिधिले विवादको क्रममा माईक खोसाखोस भएको बताए ।
उनले भने, ‘जुम्लाका एक प्रतिनिधिले त माइकको तार नै चुडाएका छन् ।’
अधिवेशनमा प्रेस युनियनका अध्यक्ष शिव लम्साल, कांग्रेस नेता डा. मिनेन्द्र रिजाल, कांग्रेस नेता हृदयराम थानीलगायत उपस्थित थिए । उनीहरूकै अगाडि दुई समूहबीच हात हालाहाल भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर