ताप्लेजुङका उत्तरी नाका खुलाउन पहल गर्न सांसद भट्टराई पुगे परराष्ट्र मन्त्रालय – Nepal Press

ताप्लेजुङका उत्तरी नाका खुलाउन पहल गर्न सांसद भट्टराई पुगे परराष्ट्र मन्त्रालय

काठमाडौं । चीनसँग जोडिएका ताप्लेजुङका उत्तरी नाका खोल्न जिल्लाका एक्ला संघीय सांसद योगेश भट्टराई परराष्ट्र मन्त्रालय पुगेका छन् ।

भट्टराईले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल तथा मन्त्रालयका दक्षिण पूर्व एसिया र प्यासिफिक डिभिजन हेर्ने सहसभिव कोलबहादुर थापालाई भेटेर कूटनीतिक क्षेत्रबाट समाधान हुने समस्या फुकाउन र नाका खुलाउन आवश्यक कूटनीतिक पहल गर्न ध्यानाकर्षण गराएका छन् ।

ताप्लेजुङका फक्ताङलुङ गाउँपालिका र आसपासका स्थानीयलाई दैनिक खाद्यान्न, लत्ताकपडा देखिीअन्य आवश्यक सामान ल्याउन गाह्रो भएको भन्दै नाका खुलाउन भट्टराईले ध्यानाकर्षण गरेका हुन् ।

गत असोजमा नेपाल प्रेसले ताप्लेजुङका तोप्केगोलाका स्थानीयले चीनको सीमाबन्दीको कारण भोगेको सास्तीको सामग्री प्रकाशन गरेको थियो । स्थानीयले चीनको सीमाबन्दीले सीमापार व्यापार गर्न असहज भएको गुनासो गरेका छन् ।

चीनको रिउ बजार पुगेर चौरीदेखि जडिबुटी बेच्ने स्थानीयहरु उताबाट दैनिक आवश्यक सामानहरु ल्याउने गर्थे । तर, कोभिड १९ को महामारीपछि चीनले बन्द गरेको सीमा नखुल्दा तोक्पेगोलादेखि आसपासका ताप्लेजुङका उत्तरी सीमाका स्थानीयहरुलाई असहज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर