धोविघाटस्थित भारतीयले चलाएको कवाडी गोदाममा आगलागी
नेपाल प्रेस
२०७९ पुष २१ गते १६:४९
काठमाडौं । ललितपुरको धोविघाटस्थित कवाडी गोदाममा आगलागी हुँदा करिब ७ लाखको क्षति भएको छ ।
बिहीबार बिहान साढे १० बजे ललितपुर महानगरपालिका वडा नं. ३ धोविघाट करिडोरमा भारतीय नागरिक कृष्ण कोदारले सञ्चालन गरिरहेको कवाडी गोदाममा आगलागी भएको थियो । आगलागीका कारण करिव ७ लाखको क्षति भएको ललितपुर प्रहरी परिसरका प्रवक्ता प्रविण पोखरेलले बताए । आगलागीको सुचना पाएको दुई घण्टाभित्र आगालागी नियन्त्रणमा लिइएको उनले भने ।
विद्युत सट भइ आगो लागेको प्रहरीको प्रारम्भीक अनुमान छ, आगलागीका कारण मानवीय क्षति भने भएको छैन ।
प्रतिक्रिया
सम्बन्धित खवर