कांग्रेस संसदीय दलको बैठक जारी, छाया सरकारबारे आज छलफल नहुने – Nepal Press

कांग्रेस संसदीय दलको बैठक जारी, छाया सरकारबारे आज छलफल नहुने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनबाट पहिलो पार्टी बने पनि गठबन्धनमा भंग भएर संघ र प्रदेश दुवैतिरका सरकारबाट बाहिरिएको नेपाली कांग्रेसले भावी रणनीति बनाउन संसदीय दलको बैठक बसिरहेको छ ।

शेरबहादुर देउवा प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक कांग्रेसको औपचारिक छलफलका लागि आज संसदीय दलको बैठक बसेको हो ।

यसअघि निर्धारित केन्द्रीय कार्य समिति बैठक स्थगित गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।

सोमवारबाट प्रतिनिधि सभाको बैठक बस्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भएकाले पार्टीको रणनीति बनाउन दलको बैठक बसेको हो । बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरू सहभागी छन् ।

कांग्रेसले यसअघि अभ्यास गरेको छाया सरकारबारे आजै छलफल नहुने उपसभापति पूर्णबहादुर खड्काले बताए । यो बैठक आसन्न प्रतिनिधि सभा बैठक र विश्वासको मतको सन्दर्भमा केन्द्रित हुनेछ ।

तस्बिरहरु उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर