व्यवस्था नबदलेसम्म भ्रष्टाचार पनि अन्त्य हुँदैन
भ्रष्टाचार राज्य विकसित भएदेखि नै भइरहेको छ । यसलाई उन्मूलन गर्ने भनिन्छ । तर, उन्मूलन गर्ने ठाउँमा पनि कुनै न कुनै हिसाबले भ्रष्टाचार भई नै रहेको छ । यसलाई उन्मूलन गर्न कानून हुनुपर्छ र भ्रष्टाचार गर्नेमाथि कडा कारबाही हुनुपर्छ । संसारभर यही छ । भ्रष्टाचार नगर्ने भन्ने देश पनि छन्, त्यहाँ पनि हुन्छ । तर, त्यहाँ कारबाही हुन्छ र मुक्त र उन्मुक्त हुन सक्दैनन् । हामीले पनि त्यो काम गर्नुपर्छ । त्यसका लागि हाम्रो देशको संविधान र कानूनमा पनि प्रश्न उठेको छ । त्यसमा संशोधन गर्न जरुरी छ ।
अब मेरो विषय के हो भने भ्रष्टाचार हुँदै नहुने, भए पनि थोरै हुने र कारबाही हुनसक्ने हो । यसबाट कोही बच्न नपाउने गरी जान मूल स्रोत शासन प्रणाली नै हो । हामी कस्तो शासन प्रणाली अवलम्बन गरिरहका छौं भन्नेसँग सम्बन्धित हुन्छ । मैले देख्दा संसदीय प्रणाली अवलम्बन गरेको ठाउँमा सबैभन्दा भ्रष्टाचार भएको, भ्रष्टाचार गर्न अनेकौं उपाय गरेर प्रधानमन्त्री हुने, मन्त्री हुने र प्रधानमन्त्री भएपछि कसरी जोगिएर भ्रष्टाचार गर्ने भन्ने नै हो । यो जम्मै किन हुन्छ भने भ्रष्टाचार गर्नेले देश, समाज, आफू र परिवार सबैलाई बर्बाद गर्छन् ।
तर, किन भइरहेको छ भने यसको जड शासन प्रणालीमा जान्छ । हामीले जुन शासन प्रणाली अवलम्बन गरेका छौं । जसले धेरै खर्च गर्छ, उही निर्वाचित हुन्छ । जसले जानेको छ, बुझेको छ र सुधार गर्न चाहन्छ, उसलाई अनेक किसिमले हराइन्छ । पार्टीभित्र पनि र बाहिर पनि त्यस्तै छ । व्यक्ति–व्यक्ति भ्रष्टाचारमा संलग्न छन् । ती व्यक्ति–व्यक्तिलाई नै कारबाही गर्ने अवस्था सृजना भयो भने फेरि अरुले पनि भ्रष्टाचार नगर्ने हुन्छ । गरिहाल्यो भने पनि धेरै कानून मिलाएर गरेको हुन्छ । त्यसलाई पनि छिचोल्न सक्ने व्यवस्था हुनुपर्छ ।
हामी कस्तो शासन प्रणाली अवलम्बन गरिरहका छौं भन्नेसँग सम्बन्धित हुन्छ । मैले देख्दा संसदीय प्रणाली अवलम्बन गरेको ठाउँमा सबैभन्दा भ्रष्टाचार भएको, भ्रष्टाचार गर्न अनेकौं उपाय गरेर प्रधानमन्त्री हुने, मन्त्री हुने र प्रधानमन्त्री भएपछि कसरी जोगिएर भ्रष्टाचार गर्ने भन्ने नै हो । यो जम्मै किन हुन्छ भने भ्रष्टाचार गर्नेले देश, समाज, आफू र परिवार सबैलाई बर्बाद गर्छन् ।
भ्रष्टाचार गर्न नदिने भनिन्थ्यो चीनमा । चीनमै हरेक वर्ष १० हजारदेखि १५ हजारसम्मलाई मृत्युदण्ड दिइरहेको अवस्था छ । भ्रष्टाचार समाप्त हुने भए त त्यहाँ हुनुपर्थ्यो । त्यसैले निरंकुश शासन कायम गर्दैमा भ्रष्टाचार अन्त्य हुँदैन । एक जना व्यक्तिले निर्णय गरेर सबै व्यवस्था समाप्त गर्न सकिन्छ भन्ने कुरा गलत हो । त्यसैले जनतामा आधारित शासन तर, भ्रष्टाचारलाई तुरुन्तै फेला पार्न सक्ने कानून र कानूनबमोजिम कारबाही हुन सक्ने त्यस्तो संस्कृति र परम्परा बसाल्ने गरी हामी जानुपर्छ र हामीले यसरी नियन्त्रण गर्नुपर्छ । त्यसैले म के देख्छु भने हाम्रो शासन प्रणाली नै गलत छ र संसदबाट मन्त्री बन्ने र मन्त्री छान्ने, प्रधानमन्त्री पनि संसदबाट छान्ने र मन्त्री पनि संसदबाट पठाउने व्यवस्था रहदाँसम्म यो सबै ध्वस्त हुन्छ । भ्रष्टाचार सबैभन्दा बढी यसैमा हुन्छ ।
त्यसैले जनताले प्रत्यक्ष निर्वाचित गर्ने शासन प्रणाली होस्, यो प्रणालीअन्तर्गत संसदबाट प्रधानमन्त्री र मन्त्री बन्ने व्यवस्था पनि अन्त्य गर्नुपर्छ । अनि साधनस्रोतको सम्बन्धमा उत्पादनका साधनका लागि सबैभन्दा ठूलो साधन भूमि र कृषि हो । यो भूमि व्यक्तिले आर्जन गर्ने ठाउँ समाप्त गर्नुपर्छ । त्यो सरकारमा जानुपर्छ । व्यक्ति, समूह वा कम्पनी कसैले पनि उत्पादन गर्न चाहे लिजमा जमिन लिने व्यवस्था गर्नुपर्छ । यो प्रणाली अपनाइयो भने आधाभन्दा बढी भ्रष्टाचार अन्त्य हुन्छ ।
कुनै न कुनै हिसाबले जमिनसित सम्बन्धित छ, गुठीसित सम्बन्धित छ । त्यहाँबाट भ्रष्टाचार सुरु भइरहेको छ र यो शासन प्रणाली अन्त्य गर्नतर्फ लाग्यौं भने भ्रष्टाचार कम हुन्छ । तर, हामीले जति गर्न सक्ने हो त्यो गरेका छौं । जे गर्न भनेर लागेका हौं, त्यो इमानदारीपूर्वक नै गरेका छौं । उमेर पनि गइसक्यो भनौं । अब नयाँ व्यक्तिले जो राजनीतिमा आउदै हुनुहुन्छ, उनीहरुले नयाँ किसिमले जानुपर्छ । हाम्रो बाबुबाजेले अवलम्बन गरेको प्रणाली ठीक छ भनेर भन्नुहुँदैन ।
उत्पादनका साधनका लागि सबैभन्दा ठूलो साधन भूमि र कृषि हो । यो भूमि व्यक्तिले आर्जन गर्ने ठाउँ समाप्त गर्नुपर्छ । त्यो सरकारमा जानुपर्छ । व्यक्ति, समूह वा कम्पनी कसैले पनि उत्पादन गर्न चाहे लिजमा जमिन लिने व्यवस्था गर्नुपर्छ । यो प्रणाली अपनाइयो भने आधाभन्दा बढी भ्रष्टाचार अन्त्य हुन्छ ।
व्यक्ति-व्यक्ति भ्रष्टाचारमा संलग्न छन् । ती व्यक्ति-व्यक्तिलाई नै कारबाही गर्ने अवस्था सृजना भयो भने फेरि अरुले पनि भ्रष्टाचार नगर्ने हुन्छ । गरिहाल्यो भने पनि धेरै कानून मिलाएर गरेको हुन्छ । त्यसलाई पनि छिचोल्न सक्ने व्यवस्था हुनुपर्छ ।
आज कस्तो किसिमको प्रणाली सबैभन्दा सही छ, संसारमा २ सय भन्दा धेरै देश बनिसके । ती देशमा कहाँ भ्रष्टाचारमुक्त देश छ, भ्रष्टाचार देख्ने र सुन्नेबित्तिकै कारबाही गर्ने त्यस्तो समाज छ । संसद छ र नियम-कानून छ । हो, त्यो ठाउँबाट सिक्नुपर्छ र जानुपर्छ । मेरो निष्कर्ष त के हो भने यो संसदले प्रधानमन्त्री चुन्ने, संसद सदस्य मन्त्री बन्ने व्यवस्था रहँदासम्म भ्रष्टाचार अन्त्य हुन सक्दैन । जो आजसम्म भइरहेको छ ।
हाम्रो देशमा यो व्यवस्था १५ सालदेखि सुरु भएको हो । बीचमा पञ्चायत आयो त्यसपछि लगातार बहुमत आएदेखि यसै व्यवस्थामा छौं । देश अगाडि बढ्न पनि सकेन र भ्रष्टाचारमुक्त गर्ने बाटोमा एक पाइला पनि चाल्न सकेका छैनौं । समाज पनि निर्माण भएको छैन । जसले भ्रष्टाचार गरेर धेरै पैसा कमाउँछ, मेरो छोराले त एकदमै ठूलो काम गर्यो, गजबले पैसा कमाएको छ भन्ने हुन्छ । त्यस्तो समाज रहँदासम्म यो अन्त्य हुँदैन । त्यसैले यो व्यापक रुपमा समाजमा लैजानुपर्छ । समाजलाई अगाडि बढाउनुपर्छ । त्यस्तो प्रणाली हुनुपर्यो, जहाँ प्रत्यक्ष जनताले व्यक्तिको मूल्यांकन गर्न सकून् र त्यस्ता सही व्यक्ति आऊन् । यसरी जाने व्यवस्था गर्नुपर्छ ।
(राष्ट्रियसभा सदस्यअन्तर्गतको दिगो विकास तथा सुशासन समिति सदस्य गौतमले समितिको बैठकमा राखेको धारणाको सम्पादित अंश ।)
जो भ्रष्टाचारको नाईके भनेर अहिलेसम्म बदनाम छ उसले भ्रष्टाचार अन्त्यको कुरा गर्ने ? त्यो पनि व्यवस्था नै बदलेर ? वाहियात ! अब खुरूक्क नाति नातिना खेलाएर बस ।