जनमत र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको घोषणा (भिडिओ)
नेपाल प्रेस
२०७९ पुष २४ गते १४:१२
काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता हुने भएको छ ।
जनमत पार्टीको अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा दुई पार्टीबीच कार्यगत एकताको सहमति भएको हो ।
दुई पार्टीबीच अधिकांश मुद्दामा कुरा मिलेको उल्लेख गर्दै राष्ट्रिय राजनीतिमा समन्वयकारी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने सहमति भएको बताइएको छ ।
दुई पार्टीबीच १२ बुँदे सहमतिसमेत भएको छ ।
प्रतिक्रिया