देउवाको सम्बोधन- पहिलोपटक नेपालमा निष्पक्ष र स्वतन्त्र चुनाव गराएँ, संविधान जोगाएँ (भिडिओ) – Nepal Press

देउवाको सम्बोधन- पहिलोपटक नेपालमा निष्पक्ष र स्वतन्त्र चुनाव गराएँ, संविधान जोगाएँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नेपालमै पहिलोपटक स्वतन्त्र, निष्पक्ष र भयरहित रूपमा निर्वाचन सम्पन्न भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य दिँदै देउवाले यो प्रतिनिधि सभाबाट देश र जनताले धेरै ठूलो अपेक्षा गरेको बताए । उनले यो प्रतिनिधि सभाको कार्यकालले संविधानको रक्षा गर्न सक्नु पर्ने बताए ।

उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनाएकोमा मतदातालाई धन्यवाद दिए । देउवाले आफूलाई विशेष परिस्थितिमा १८ महिनाअघि प्रधानमन्त्री बन्ने अवसर आएको भन्दै सो सरकार र गठबन्धनले संविधान जोगाएका दाबी गरे ।

देउवाले देशमा जुनसुकै बेला जस्तोसुकै समस्या आए पनि कांग्रेसले आफ्नो नेतृत्वमा संविधान दिएको स्मरण गर्दै नेपालको संविधान रक्षाको लागि आफू सदैव क्रियाशील रहने बताए ।

उनले कांग्रेस यो प्रतिनिधिसभामा रचनात्मक र जिम्मेवार प्रतिपक्ष बन्ने भन्दै प्रधानमन्त्री बनेकोमा प्रचण्डलाई पूर्ण कार्यकाल सफलताको शुभकामना दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर