सदनमा देउवाको सम्बोधन- संसदमा कांग्रेस एकताबद्ध र जिम्मेवार हुनेछ (पूर्णपाठ) – Nepal Press

सदनमा देउवाको सम्बोधन- संसदमा कांग्रेस एकताबद्ध र जिम्मेवार हुनेछ (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल र नेपालीको वृहत्तर हितका लागि केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै देउवाले यो सदन संविधानको सुरक्षा, कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरणका लागि विशेष योगदान गर्न सकोस् भन्दै आशा व्यक्त गरे ।

‘हाम्रो सम्पूर्ण ऊर्जा, मनस्थिति, व्यवहार र काम कारवाही नेपाल र नेपाली जनताको वृहत्तर हितका निमित्त केन्द्रित हुनु पर्दछ’, उनको भनाइ थियो ।

यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको भन्दै उनले आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुनुपर्ने बताए ।

संसदमा नेपाली कांग्रेस एकताबद्ध, जिम्मेवार र रचनात्मक भई प्रस्तुत हुने भन्दै देउवाले जनताका जीवनसँग जोडिएका विषयमा हाम्रो विशेष ध्यान दिनेमा विश्वस्त पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर