प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय गर्न देउवा निवासमा पदाधिकारी बैठक जारी – Nepal Press

प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय गर्न देउवा निवासमा पदाधिकारी बैठक जारी

काठमाडौं । संसदीय दलको बैठकअघि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ ।

बैठक अहिले सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा छलफल भइरहेको नेता नारायण खड्काले बताए ।

विश्वासको मतका सम्बन्धमा निर्णय गर्न भने आजै संसदीय दलको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक बस्दैछ ।
२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तीमा १३८ सांसदको समर्थन चाहिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर