विश्वासको मत दिने निर्णयमा कांग्रेसका दुई महामन्त्रीसहित ४ नेताको फरक मत
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णयमा महामन्त्रीद्वसहित केही नेताहरूले फरक मत राखेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी र बलबहादुर केसीले फरक मत राखेका हुन्।
कांग्रेस कार्य सम्पादनको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको थियो। संसदीय दलको बैठकमा सभापति तथा दलका नेता देउवालेसरकारलाई विश्वासको मत दिन पार्टीमा ह्यीप जारी गर्ने तयारी गरेका छन्।
कांग्रेसले प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय गरेपनि प्रतिपक्षमा बस्ने भएका छन्। कांग्रेसभित्र प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्ने पक्षमा संस्थापन पक्ष थियो। कोइराला समूह भने प्रतिपक्षमा बस्नुपर्ने अडानमा थियो।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा प्रतिपक्षमै बसेर शक्ति आर्जन गर्नुपर्ने पक्षमा थिए। तर, पार्टीभित्र बहुमत सदस्यले विश्वासको मत दिनुपर्ने राखेपछि उनीहरुले असन्तुष्टि व्यक्ति गरेका हुन्।