कांग्रेस संसदीय दलको बैठक : प्रचण्डलाई विश्वासको मत दिन देउवाले लगाए ह्वीप (भिडिओ) – Nepal Press

कांग्रेस संसदीय दलको बैठक : प्रचण्डलाई विश्वासको मत दिन देउवाले लगाए ह्वीप (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरू भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बसिरहेको हो । सातदलीय गठबन्धन सरकारलाई समर्थन गरेर प्रतिपक्षमा बस्ने कांग्रेसले बताएको छ ।

संसदीय दलको बैठकमा कार्यसम्पादन समितिको निर्णय, सदनमा पार्टीको भूमिका लगायतको विषयमा छलफल जारी रहेको एक सांसदले बताए ।

संसदीय दलको बैठकमा सभापति तथा दलका नेता शेरबहादुर देउवाले प्रचण्ड सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेका छन् ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर