देउवाले भने- सरकारमा सहभागी हुँदैनौ, विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ (भिडिओ) – Nepal Press

देउवाले भने- सरकारमा सहभागी हुँदैनौ, विश्वासको मत दिएर विपक्षी भूमिकामा रहन्छौँ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा सहभागी नहुने र प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताएका छन् ।

विश्वासको मतमाथि छलफलमा भाग लिँदै देउवाले महत्त्वपूर्ण राष्ट्रिय महत्त्वका विषयमा राजनीतिक दलबीच संवाद,सहमति र सहकार्य हुनुपर्नेमा आफू विश्वस्त रहेको बताए ।

देउवाले विपक्षमा रहँदा कांग्रेसले विरोधका लागि विरोध नगर्ने भन्दै गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताए । उनले संसदमा सशक्त विपक्ष नहुँदा नियन्त्रण र सन्तुलन कमजोर हुने भएकाले कांग्रेस रचनात्मक विपक्षीको भूमिका रहने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर