ज्वालाका दोस्रो बुबा- जन्मिँदा जेलबाटै नाम दिए, प्रचण्डबाट कित्ता छुटाएर सरप्राइजको चाङ दिए
‘जिल्लामा भएका वेला अकस्मात बुबाले शपथ खान आऊ भनेर अर्को सरप्राइज दिनुभयो’
काठमाडौं । नेकपा एमालेकी पोलिटव्युरो सदस्य एवं प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी साह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का एक्ली महिला मन्त्री छन् । मन्त्रालय नटुंगिएकी उनले प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा मन्त्री हुन्छु भन्ने कल्पनासमेत गरेकी थिइनन् ।
प्रचण्डको नेतृत्वमा नयाँ सत्ता समीकरण बन्दै गर्दा उनी आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई धन्यवाद दिन बारामा थिइन् । एमाले र माओवादीसहितको सत्ता गठबन्धनले प्रचण्डलाई प्रधानमन्त्री बनाउने निर्णय गर्दैगर्दा साहले बारामा भएका २ वटा कार्यक्रममा सम्बोधन गरिसकेकी थिइन् ।
दोस्रो कार्यक्रम सकेर तेस्रो कार्यक्रमको लागि जाँदै गर्दा साहलाई दिउँसो साढे २ बजेतिर अकस्मात पार्टी अध्यक्ष केपी शर्मा ओलीले फोन गरे । ओलीले उनलाई सीधै साढे ३ बजे शीतल निवास पुग्न र राष्ट्रिय पोशाकमा आउन भने । साहले ‘किन बुवा ?’ मात्र के भनेकी थिइन्, ओलीले जवाफ दिए, ‘शपथ खान ।’
साह एकछिन अन्योलमा परिन् । बारामा तेस्रो कार्यक्रममा जानु थियो । साढे २ बजिसकेको थियो । साढे ३ बजे शीतल निवास पुग्न तत्काल सम्भव थिएन । के गर्ने, के नगर्ने, के भन्ने र के नभन्ने भयो उनलाई । उनले ओलीलाई धन्यवादमात्रै भनेर फोन राखिन् ।
उनले आफूलाई कुन मन्त्रालयको जिम्मेवारी दिइयो भनेर प्रश्न पनि गरिनन् । त्यसपछि साह सीधै साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइन् । काठमाडौं आएर शीतल निवास पुग्दा साढे ५ बज्यो । शीतल निवासमा प्रधानमन्त्रीसहित सबै मन्त्रीले शपथ लिइसकेका थिए । ढिला पुगेका साहले पछि एक्लै राष्ट्रपतिबाट शपथ खाइन् ।
‘अकस्मात अध्यक्षज्यूको फोन आयो । म बारामा थिएँ, आउँदाआउँदै शपथ कार्यक्रममा ढिला भएँ’, उनले भनिन्, ‘तर, शपथ खाँदासम्म मलाई मन्त्री नियुक्त भएको सपनाजस्तै लागिरहेको थियो ।’
‘म जतिपटक मन्त्री भएँ, म आफैं सरप्राइज भएको छु’, उनले थपिन्, ‘मैले कुनै पनि समयमा मन्त्री हुन्छु भनेर भनेको छैन । जहिले मन्त्री भएँ, सबै मेरा लागि सरप्राइज नै भयो ।’
यस पटकमात्र होइन, यसअघि २ पटक राज्यमन्त्री र १३ दिने कृषिमन्त्री हुँदा पनि आफू सरप्राइज भएको साह बताउँछिन् । ‘म जतिपटक मन्त्री भएँ, म आफैं सरप्राइज भएको छु’, उनले थपिन्, ‘मैले कुनै पनि समयमा मन्त्री हुन्छु भनेर भनेको छैन । जहिले मन्त्री भएँ, सबै मेरा लागि सरप्राइज नै भयो ।’
पूर्वमाओवादी साह प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा
साह पूर्वमाओवादी हुन् । नेकपा फुटिसकेपछि उनको भेट प्रचण्डसँग भएको थिएन । एकैपटक मन्त्रीको शपथ खाने दिन शीतल निवासमा मात्रै भेट भएको उनले सुनाइन् । ‘मन्त्रीको शपथ खाएपछि प्रचण्डजीलाई मञ्चमै गएर बधाई दिएँ’, उनले भनिन्, ‘त्यसपछि मन्त्रिपरिषद् बैठकमा मात्रै हाम्रो भेट भयो । त्योबाहेक खासै भेट भएको छैन । प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भइएला भन्ने मैले कल्पनासमेत गरेको थिइनँ ।’
माओवादीको जनयुद्धमा होमिएकी उनी माओवादी शान्ति प्रक्रियामा आएपछि २७ वर्षकै उमेरमा २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भइन् । सभासद हुँदा बाबुराम भट्टराई नेतृत्वको सरकारमा भूमिसुधार राज्यमन्त्री भइन् । पछि उनी पर्यटन राज्यमन्त्री बनिन् । साह माओवादीको महिला संगठनको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसमेत भएकी थिइन् ।
विराटनगरमा भएको सम्मेलनबाट माओवादी केन्द्रीय सदस्य बनेकी साह २०७२ सालमा पोलिटव्युरो सदस्य चयन भएकी थिइन् । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेकपाको उनी केन्द्रीय सदस्य बनिन् । त्यसवेला उनी मधेस प्रदेशसभा सदस्य पनि थिइन् । नेकपा फुटेपछि उनी केपी ओलीको पक्षमा उभिइन् । माओवादीबाट निर्वाचित प्रदेश सांसद पद गुम्ने निश्चित हुँदा पनि उनी केपी ओलीको पक्षमा लागेकी हुन् ।
केपी ओली र ज्वाला साहका बुबा वीरगञ्ज जेलमा सँगै बसेका थिए । जेलमा रहँदाको विवरण सुनाउँदै ओलीले उनको नाम ‘ज्वाला’ आफैंले राखिदिएको बताएपछि साह भावुक बनिन् । यसपछि आफूहरुलाई झन् ओलीसँग धेरै नजिक बनाएको उनले बताइन् ।
ओलीले साहको नाम राखिदिएका थिए ‘ज्वाला’
नेकपा विभाजित हुने भएपछि उनलाई केपी ओलीले बालुवाटार बोलाएका थिए । मधेसमा रहेका उनी एक सातापछि श्रीमानसहित ओली भेट्न बालुवाटार पुगेकी थिइन् । बालुवाटार पुगेका वेला ओलीले आफूलाई साथ दिएकोमा धन्यवाद दिएको साहले बताइन् ।
भेटमा ओलीले साहका बुवासँगका सम्बन्धका बारेमा कुरा उप्काए । केपी ओली र ज्वाला साहका बुबा वीरगञ्ज जेलमा सँगै बसेका थिए । जेलमा रहँदाको विवरण सुनाउँदै ओलीले उनको नाम ‘ज्वाला’ आफैंले राखिदिएको बताएपछि साह भावुक बनिन् । यसपछि आफूहरुलाई झन् ओलीसँग धेरै नजिक बनाएको उनले बताइन् ।
‘यसपछि मैले ओलीलाई बाबुसरह नै मानेको छु’, साहले भनिन्, ‘उहाँले पनि मलाई छोरी समान माया गर्नुहुन्छ ।’
साहसँग ओलीका कुरा गर्थे उनका बुवा
साहका बुवा र ओली जेलका सहयात्री थिए । २०३८ सालमा वीरगञ्जमा ओली र साहका बुवा एउटै जेलमा परेका थिए । बुवा जेलमै हुँदा साहको जन्म भयो । छोरी जन्मिएपछि साहकी आमा रुँदै जेल पुगिन् । जेलमा रहेका उनका बुबाले आमालाई हौसला दिँदै भनेका थिए, ‘समाजले छोरो जन्मिएन भनेर हामीलाई घृणा गरे के भयो र ? तिमी चिन्ता नगर । हाम्रो छोरी जन्मिएको छ । यसले मेरो नाम इतिहासमा लेखाउनेछ ।’
उनकी आमा बलियो मन बनाएर छोरी बोकेर घर फर्किइन् । उनकी आमा साहलाई बोकेर बुबा भेट्न जेल गइरहन्थिन् । ओलीलाई केही वर्षपछि बुवा जेलबाट मुक्त भए । जेलको यातनाले स्वास्थ्य अवस्था नराम्रो भए पनि साहलाई समेत बोकेर उनका बुबा आन्दोलनमा जान थाले । आफ्ना बाबुले दाइजो नदिएको निहुँमा महिलालाई जिउँदै जलाउने घटनाको विरोध र प्रतिरोध गरेको साहलाई आज पनि सम्झना छ । बुबाको त्यहीं विद्रोही स्वभावले आफ्नो मनमा बच्चादेखि नै क्रान्ति गर्नुपर्छ भन्ने लागेको साह बताउँछिन् । ‘वीरगञ्ज जेलमा सँगै बसेको भएर मेरा बुवाले घरमा केपी ओलीको कुरा गरिरहनुहुन्थ्यो । ओलीसँगै मेरो बुवाले मदन भण्डारी र विद्या भण्डारीका कुरा पनि गर्नुहुन्थ्यो’, उनले भनिन् ।
एकदिन स्थानीय पत्रिमा ‘ज्वालाकुमारी साह अखिल क्रान्तिकारीको कोषाध्यक्ष चयन’ भन्ने समाचार फोटोसहित आयो, त्यसपछि उनका बुवाआमा ‘सरप्राइज’ भए । त्यसपछि प्रहरी साहको खोजीमा लाग्यो । जसले उनका बुवाआमा चिन्तमा परे ।
साहले दिइन् आमाबुबालाई ‘सरप्राइज’
साहका बुवा एमाले कार्यकर्ता थिए । माओवादी आन्दोलनको सुरुवातीमा अधिकांश नेता एमालेबाटै माओवादीमा लागेका थिए । साहका बुवाका साथीहरु अधिकांश माओवादी बने । तर, उनका बुवाआमाले एमाले छाडेनन् । तैपनि उनको घर माओवादीको सेल्टर थियो । साह ८ कक्षामा पढ्दै गर्दा उनका बुवाले ‘नवबिहानी’ पुस्तक पढ्न दिए । त्यो पुस्तक पढेपछि आफ्नो मन परिवर्तन भएको उनले सुनाइन् । उनले थपिन्, ‘मलाई लाग्यो, अब पढेरभन्दा पनि देश र जनताका लागि क्रान्ति गर्नुपर्छ र क्रान्तिमा होमिनुपर्छ ।’ उनी विद्यालय पढ्दै माओवादीको विद्यार्थी संगठनमा लागिन् । घरबाट विद्यालय हिँडेकी उनी विभिन्न विद्यालयमा गई संगठन निर्माणमा व्यस्त हुन थालिन् ।
जिल्लाभरका विद्यालयमा संगठन निर्माणमा जुटेकाले उनी प्रायःजसो ढिलो घर पुग्थिन् । धेरै पटक घर ढिलो पुगेपछि उनका बुवाले हप्काए पनि । एकदिन स्थानीय पत्रिमा ‘ज्वालाकुमारी साह अखिल क्रान्तिकारीको कोषाध्यक्ष चयन’ भन्ने समाचार फोटोसहित आयो, त्यसपछि उनका बुवाआमा ‘सरप्राइज’ भए । त्यसपछि प्रहरी साहको खोजीमा लाग्यो । जसले उनका बुवाआमा चिन्तमा परे । उनले बुवाआमालाई आफू भूमिगत हुन लागेको जानकारी गराइन् । तर, बुवाआमाले साहलाई नर्स पढाउने योजना रहेको सुनाए । तर, उनले मानिनन् ।
उनले उल्टै बाबुआमालाई भनिन्, ‘आमाबुवा अब मेरो धेरै चिन्ता नगर्नुस् । म क्रान्तिमा लाग्छु । प्रहरीले पनि धेरै खोज्न थाल्यो । क्रान्तिमा लागेर बाँचिएछ भने ठीकै छ । मरिएछ भने पनि देश र जनताको नाममा सहिद भयो छोरी भनेर सम्झिनुहोला ।’ त्यसपछि साह कापीकिताव झोलामा बोकेर भूमिगत भइन् । विद्यालय जाने बाटो पनि रोकियो ।
एसएसली दिँदा प्रहरीसँगै विवाद
भूमिगत हुँदा पनि उनले बाबुआमाको जोडबलमा कक्षा ८ र ९ को परीक्षा दिइन् । एसएलसी दिने वेला पनि आयो । जसोतसो भूमिगत हुँदाहुँदै एसएलसी परीक्षा दिइरहेकी थिइन् । तर, अन्तिम दिनको परीक्षामा प्रहरीसँग विवाद भयो । ‘परीक्षा दिइरहेकी थिएँ, एक्कासि एकजना व्यक्तिले मलाई प्रवेशपत्र लुकाऊ भन्यो । मैले परीक्षामा डिस्टर्ब नगर भनें । उनले आफूलाई मेरो बुवाको साथी भएको जानकारी दियो । मैले जो जसको साथी भए पनि मलाई परीक्षामा डिस्टर्व नगर्न अनुरोध गरें । त्यसपछि उनले आफू प्रहरीको असई भएको र प्रहरी मलाई पक्राउ गर्न आइसकेको जानकारी दिए । नभन्दै टुप्लुक्कै प्रहरी आइहाल्यो । प्रहरी आउनेबित्तिकै मैले प्रवेशपत्र पछाडि फालेर पछाडिको साथीको प्रवेशपत्र मेरो अगाडि राखें ।’
२०६० सालमा साह विद्यार्थी संगठनको राजनीतिबाट बढुवा भएर महिला संगठनको जिल्ला अध्यक्ष चयन भइन् । त्यतिवेलै उनीसामु विद्यार्थी नेता अमृत शर्माले विवाहको प्रस्ताव गरे । दुवैजना पार्टीमै भएकाले २२ वर्षकै उमेरमा १० रुपैयाँमा अन्तरजातीय जनवादी विवाह गरिएको उनले बताइन् । अमृत साहभन्दा सिनियर थिए ।
प्रहरीले उनलाई पक्रिहाल्यो । तर, उनले परीक्षा छोड्न मानिनन् । ‘मैले चिटिङ गरेको छैन भन्दै उल्टै प्रहरीसँग किन मैले विवाद गरें । प्रहरीले मलाई तिमी कसको छोरी हो भनेर प्रश्न गर्यो । मैले उल्टै जसको छोरी भएँ पनि के गर्नुहुन्छ भन्दै प्रश्न गरें । प्रहरीसँग मेरो लामो समय बाझाबाझ भयो’, साहले थपिन् ‘प्रहरी परीक्षा हलबाट बाहिर निस्कियो, म आक्रोशित हुँदै कराउन थालें । त्यसपछि प्रहरीले शिक्षा अधिकारी नै बोलाएर मेरो उत्तरपुस्तिकामा रातो लगाइदियो । त्यसपछि हामी केही साथीहरु परीक्षा हलबाट बाहिर निस्किएर नाराबाजी गर्यौं । हामी ४-५ जना परीक्षामा फेल भयौं । दोस्रो पटक लुकेरै परीक्षा दिएर एसएलसी उत्तीर्ण भएँ ।’
अन्तरजातीय विवाह गरिन्, श्रीमानको सहयोगमा अघि बढिन्
२०६० सालमा साह विद्यार्थी संगठनको राजनीतिबाट बढुवा भएर महिला संघको जिल्ला अध्यक्ष चयन भइन् । त्यतिवेलै उनीसामु विद्यार्थी नेता अमृत शर्माले विवाहको प्रस्ताव गरे । दुवैजना पार्टीमै भएकाले २२ वर्षकै उमेरमा १० रुपैयाँमा अन्तरजातीय जनवादी विवाह गरिएको उनले बताइन् । अमृत साहभन्दा सिनियर थिए । विवाहपछि पनि उनी राजनीतिमा निरन्तर लागिन् । उनी पार्टीको जिल्ला सदस्य चयन भइन् । साहले जिल्लाको एउटा एरिया सेक्रेटरीका जिम्मेवारी पनि पाइन् । काभ्रेपलाञ्चोक स्थायी घर भएका उनका पति शर्मा अहिले नेकपा एमाले बाराका उपसचिव छन् ।
विवाहपछि उनी र अमृतबीच दुबैजना सँगसँगै राजनीतिमा नलाग्ने सहमति भएको साहले सुनाइन् । ‘श्रीमानश्रीमती सँगसँगै जाँदा परिवारवादको आरोप लाग्थ्यो’, उनले थपिन्, ‘मलाई श्रीमानले नै अघि बढ्न सहयोग गर्नुभयो ।’
प्रचण्डसँग छैन कुनै गुनासो
माओवादी छोडेर एमालेमा लागेपछि साहलाई प्रचण्डसँग खासै गुनासो छैन । उनले माओवादीमा पर्याप्त अवसर नपाएकी पनि होइनन् । तर, माओवादीले १० वर्षे जनयुद्धका पीडितको घाउमा मलमपट्टी लगाउन नसकेपछि एमालेमा लागेको उनको भनाइ छ ।
उनी भन्छिन्, ‘प्रचण्ड नराम्रो मान्छे होइन । उहाँले नराम्रो पनि गर्नुभएको छैन । तर, प्रचण्डको वरिपरिका मान्छेले माओवादी आन्दोलनमा योगदान पुर्याउने योद्धाको बलिदान बिर्सिए । शान्ति प्रक्रियामा आएर पनि माओवादीले द्वन्द्वका घाइते, अपांगता भएका व्यक्ति, बेपत्ता र सहिद परिवारको घाउमा मलमपट्टी नलगाएर बालुवाटार रोज्यो ।’
छुट्टिने बेलामा प्रचण्डलाई आफ्नो आशा नगर्न र आफूसँग भएका मान्छे र चिजलाई सम्हाल्नुहोला, भए गरेका कमिकमजोरी सुधार गरेर जान सुझाव दिएको उनको भनाइ छ ।
एमाले रोजेपछि प्रचण्डले बोलाएर आफूलाई कन्भिन्स गर्ने प्रयास गरेको साहले बताइन् । प्रचण्डसँगको भेटबारे उनले सुनाइन्, ‘मलाई तपाईंप्रति कुनै पनि गुनासो छैन । तर, तपाईंभन्दा केपी बुवाले धेरै गर्न सक्नुहुन्छ भन्ने लागेर र उहाँको विचारबाट प्रभावित भएर उहाँ देशकै महान नेता भन्ने लागेर उहाँको पक्षमा उभिएको हो । अब तपाईंले मलाई रोक्न सक्नुहुन्न ।’
छुट्टिने बेलामा प्रचण्डलाई आफ्नो आशा नगर्न र आफूसँग भएका मान्छे र चिजलाई सम्हाल्नुहोला, भए गरेका कमिकमजोरी सुधार गरेर जान सुझाव दिएको उनको भनाइ छ ।
तालमेलविनै साहले गाडिन् जीतको झण्डा
मंसिरमा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मधेस प्रदेशमा रघुवीर महासेठ र ज्वालाकुमारी साहको निर्वाचन क्षेत्रमा मात्रै एमालेले कुनै पार्टीसँग तालमेल गरेन । तालमेल गर्नुअघि पार्टी अध्यक्ष ओलीले ज्वालालाई सोधेका थिए, ‘तालमेल गरौं कि नगरौं ।’ ज्वालाले जवाफ दिइन्, ‘जे गर्न मिल्छ गरौं । म तपाईंको र पार्टीको निर्णय मान्न तयार छु ।’
ओलीले फेरि सोधे, ‘के तिमी जित्न सक्छौ एक्लै निर्वाचन लडेर ?’ उनले जवाफमा भनिन्, ‘कोहीसँग तालमेल नगरे पनि म जित्न सक्छु । प्रतिनिधिसभामात्र होइन, प्रदेशसभामा समेत म जिताउँछु एमालेलाई ।’
नभन्दै ज्वालासहित प्रदेशका दुवै क्षेत्रमा क्लिन स्वीप गर्न एमाले सफल भयो । २०७४ सालको निर्वाचनमा कमजोर देखिएको नेकपा एमाले यस पटकको निर्वाचनमा बलियो भएर आएको छ । ओलीविरुद्ध मधेसमा फिजाइएको गलत भ्रम चिर्न सफल भएपछि यसपटक एमाले बलियो बन्न सफल भएको ज्वालाको दाबी छ ।
उनी भनिन्, ‘विकास निर्माण नै किन गर्नुपर्यो, पदमा मात्रै किन जानुपर्यो निर्वाचन जित्न ? जनताका दुःखसुखमा साथ दिइरहेकी छु निरन्तर । त्यसैले निर्वाचन जित्छु भन्ने थियो र जितें पनि ।’
‘निरन्तर जनताबीच हुनेलाई चुनाव जित्न गाह्रो हुन्न’
२ पटक राज्यमन्त्री र २ पटक मन्त्री तथा संघीय र प्रदेश सांसद भए पनि आफूले ती पदमा बसेर विकासका काम गर्न नसकेको साह स्वीकार गर्छिन् । ‘राज्यमन्त्री हुँदा जिम्मेवारी पनि कम हुन्छ । १३ दिनमात्रै कृषिमन्त्री हुँदा काम गर्ने मौका नै मिलेन’, उनले भनिन्, ‘अहिले मन्त्री हुन पाएकी छु । त्यो पनि विना विभागीय ।’
तर, विकास निर्माण गरेरमात्र नभएर निरन्तर जनतासँग भएपछि निर्वाचन जित्न कठिन नहुने उनी बताउँछिन् । उनी भनिन्, ‘विकास निर्माण नै किन गर्नुपर्यो, पदमा मात्रै किन जानुपर्यो निर्वाचन जित्न ? जनताका दुःखसुखमा साथ दिइरहेकी छु निरन्तर । त्यसैले निर्वाचन जित्छु भन्ने थियो र जितें पनि ।’
‘एमाले-माओवादी एकता सम्भव छ’
यति चाँडै देशमा राजनीतिक उथलपुथल होला भन्ने अपेक्षा आफूले नगरेको साह बताउँछिन् । फेरि एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भएको उनको बुझाइ छ । कम्युनिष्ट पार्टीले वेलैमा बुद्धि पुर्याउनुपर्ने उनको सुझाव छ ।
‘एमाले र माओवादी नफुटेको भए अहिलेसम्म पार्टी धेरै अघि बढिसक्ने थियो । जनताका धेरै अधुरा सपना पूरा भइसक्ने थिए’, साह भन्छिन्, ‘हिजोका दिनमा नेताले गरेका कमजोरीको आत्मालोचना गरेर जाने हो र सच्चिने हो भने फेरि पनि पार्टी एकताको बाटो खुला छ । पार्टी एकता हुन जरुरी नै छ । म आफू पनि पार्टी एकताको पहल गर्छु ।’
केशव भूल जि, कति राम्रो सम्प्रेषण गर्नु भएको छ। तर केपी ओलि सित कारागारमा सङ्गै बस्ने ज्वाला कुमारी साहका पितामाताको नाम कतै उल्लेख हुनु पर्दैन? यो लेख यत्ती कुराले गर्दा अलिनो भएको छ। हामी पाठकले दिएको सल्लाह पनि नेपाल प्रेसले ग्रहण गर्छ भन्ने विश्वास छ।
राम्रो विश्लेषण