२०५१ सालको संसदलाई अहिलेकोसँग तुलना गर्न मिल्दैन : मिनेन्द्र रिजाल – Nepal Press

२०५१ सालको संसदलाई अहिलेकोसँग तुलना गर्न मिल्दैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को संसदसँग अहिलेको तुलना गर्न नमिल्ने बताएका छन् ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेपछि नेता रिजालले नमिल्ने कुरामा तुलना नगर्न आग्रह गरेका हुन् ।

पार्टीको निर्णयप्रति असन्तुष्टि पोख्दै उनले फेसबुकमा लेखेका छन्, ‘विश्वासको मत लिँदा, २०५१ मा संसदको सबैभन्दा ठूलो दलको नेताको रूपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो, अहिले दलहरूको स्पष्ट बहुमत भएको प्रचण्ड सरकार रहेको हो । थप, अहिले सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि वैकल्पिक सरकार बनाउने बाटो छ, त्यो वेला थिएन ।’

त्यसवेला मनमोहन अधिकारी नेतृत्वको सरकारले विश्वासको मत नपाएको भए निर्वाचनमा जानुको विकल्प नभएको परिदृश्यलाई उल्लेख गर्दै उनले अहिले प्रचण्ड सरकार बहुमतमा भएको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर